फोक्सिङ्गकोटका किसानलाई अनुदान वितरण

0 189

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउपालिका वडा नं. २ फोक्सिङ्गकोटका किसानलाई अनुदान रकम वितरण गरिएको छ । उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत खसी, बोका तथा लोकल कुखुरा उत्पादन गरि विक्री वितरण गर्ने किसानलाई अनुदान रकम वितरण गरिएको हो । रम्भा गाउ‘पालिकाले मासुजन्य उत्पादनमा सहयोग गर्ने कृषकलाई उत्पादनमा आधारित अनुदान दिएको हो ।

कार्यक्रममा ८ लाख ९२ हजार ८६० रुपिया कृषकहरुर्लाइ वितरण गरिएको थियो । अनुदान रकम वितरण कार्यक्रमका प्रमुख अतिथि एवम रम्भा गाउपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीेले रम्भा गाउपालिकालाई मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउन गाउ‘पालिकाले उत्पादनमा आधारित अनुदान दिने नीति लिएकोले सबै किसानले बाख्रापालनबाट प्रशस्त उत्पादन गर्नुपर्ने बताउनु भयो ।

विशिष्ट अतिथि वडा अध्यक्ष उमानसिं सारु, कार्यपालिका सदस्य भोवीसरा सारु, सरस्वती विक, वडा सदस्य दुर्गा थापा नेकपा एमालेका अध्यक्ष जीतबहादुर गाहा लगायतले कृषकको मनोबल बृध्दि गर्न स्थानीय सरकारले लाखौं रुपिया खर्च गरिरहेको अवस्थामा सबै किसानले बढी भन्दा बढी उत्पादन बढाउनु पर्ने बताएका थिए । गत वर्ष १०० केजी भन्दा बढी खसी बोका बेच्ने १०८ जना किसानलाई प्रति किलो ५० रुपियाका दरले रकम प्रदान गरिएको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाका सहसचिव मीना सिंजालीले बताउनु भयो ।

यसै गरि २५ किलो भन्दा बढी लोकल कुखुरा बेच्ने २६ जना किसानलाई प्रति किलो ३० रुपियाका दरले रकम वितरण गरिएको व्यवस्थापक कृष्णमाया पाडेमगरले बताउनु भयो । कार्यक्रम उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष गंगीसरा सिंजालीको अध्यक्षतामा चलेको थियो ।

Comments
Loading...