फोक्सिङ्गकोटका कोरोना संक्रमितलाई ताहुँको आईसोलेसनमा लगियो

0 521

एवत कुमार सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिकाको वडा नं. १ हुँगी र वडा नं. २ फोक्सिङ्गकोटको क्वारान्टाईनमा बस्ने कोरोना भाईरस पोजिटिभ देखिएकाहरुलाई बिहीबार ताहुँको आईसोलेसनमा लगिएको छ ।

हुँगीको जनकल्याण माविको क्वारान्टाईनमा बस्ने ३ जना, फोक्सिङ्गकोटको सानाहुँगी मावि क्वारान्टाईनमा बस्ने ११ जना, फोक्सिङ्गकोटकै भवानी प्रावि क्वारान्टाईनमा बस्ने २ जना तथा १ जना होम क्वारान्टाईनमा बस्ने जम्मा १७ जनालाई आज ताहुँको आईसोलेसनमा लगिएको हो । संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको र कुनैपनि लक्षण तथा समस्या नदेखिएकोले कसैले पनि हतास र निराश हुन नहुने वडा नं. २ का वडा अध्यक्ष उमानसिं सारुले बताए ।

संक्रमितहरु झण्डै एकमहिना अगाडि भारतको विभिन्न स्थानबाट आएका हुन । पिसिआर रिपार्ट नेगेटिभ आएकाहरुको आरडिटी परिक्षण गर्दा भवानी प्राविमा ४ जना, सानाहुँगीमा माविमा ४ जना तथा जनकल्याण माविमा १ जना गरि ९ जनालाई आरडिटी पोजिटिभ आए पछि उनीहरुलाई क्वारान्टाईनमै राखिएको वडा नं. १ वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । अन्यलाई भने थप सजग, सतर्क र अनुशासित बस्ने किसीमबाट थप ७ दिन होम क्वारान्टाईनमा बस्ने गरि आआफ्नो घर पठाईएको छ ।

Comments
Loading...