फोक्सिङ्गकोटमा होमस्टे तालिम शुरु

0 562

एवत सारु । पाल्पा
रम्भा गाउ‘पालिका वडा नं. २ फोक्सिङ्गकोटमा होम स्टे संचालन सम्बन्धी तालिम शुरु भएको छ । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना र तिनाउ बहु प्राविधिक शिक्षालय प्रालिको प्राविधिक सहयोगमा तालिम चलाईएको हो ।

रम्भा गाउँपालिकाको संयोजनमा संचालित तालिममा रम्भा गाउँपालिका २ रानीबासका ३० जना महिला तथा पुरुषहरुको सहभागीता रहेको छ । १ महिना सम्म चल्ने १६० घण्टे तालिममा पाहुना घर संचालन गर्दा खाना पकाउने तरीका, स्थानीय स्तर उत्पादन हुने कोदो, मकै, गहुँ, फापर, साग आदिबाट कसरी मीठो खाना तयार गर्ने, पाहुना सत्कार र स्वागत, सरसफाई र सफा घरआगन, कला र संस्कृतिबारे सिकाईने तालिम संयोजक विजय अस्लामीले बताउनु भयो । तालिमलाई प्रभावकारी बनाउन विषयवस्तुलाई सैद्धान्तिक र प्रयोगात्मक रुपमा तालिम चलाईन तालिम प्रशिक्षक विनोद बुढाथोकी मगरले बताउनु भयो ।

तालिम उद्घाटन सत्रमा रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटका नवनिर्वाचित वडा सदस्यहरु योगेन्द्र पाडेमगर, सरस्वती बिक, दुर्गा थापाले तालिमको भरपूर फाईदा लिनुपर्नेमा जोड दिनु भएको थियो । उद्घाटन कार्यक्रम रानीबास होमस्टे संचालन समितिका अध्यक्ष बोबीसरा सारुको अध्यक्षतामा चलेको थियो ।

Comments
Loading...