फोक्सिङ्गकोटमा ६७ जनाको स्वाब संकलन गरियो

0 128

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका वडा नंं २ फोक्सिङ्गकोटको विभिन्न क्वारान्टाईनमा बस्नेहरुको स्वाब संकलन गरिएको छ ।

फोक्सिङ्गकोटको भवानी प्राथमिक विद्यालयमा बस्ने १९ जना, सानाहुँगी माध्यमिक विद्यालयमा बस्ने ३४ जना, होम क्वारान्टाईनमा बस्ने ४ जना तथा व्यवस्थापनमा खट्ने १० जना कर्मचारीहरु गरि ६७ जनाको स्वाब संकलन गरिएको कुश्माखर पाण्डेले बताए ।

लगातारको वर्षातको वावजूद रम्भा गाउँपालिकाका स्वास्थ्यकर्मी तथा स्थानीय जनप्रतिनिधीहरुको क्रियाशिलतामा स्वाब संकलन गरिएको रम्भा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्यालले बताए । स्वाव संकलन कार्यमा फोक्सिङ्गकोट स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट चुनादेवी आले तथा पिपलडाँडा स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट ईश्वर तिमिल्सीना प्रत्यक्ष रुपमा खटेका थिए । संकलित स्वाब परीक्षणको लागि भैरहवा पठाईएको छ ।

Comments
Loading...