बगनासकालीका बाँकी घरका लागि पनि जस्ता पाता बाडियो, छिटै फुसरहित गाउँपालिका घोषणा हुँदै

0 214

पाल्पा । बगनासकाली गाउँपालिकाका सबै फुसका छानाहरु बिस्थापन गर्ने अभियानले यो बर्ष सार्थकता पाएको छ ।

गाउँपालिका मार्फत आर्थिक वर्ष २०७४।०७५ बाट आरम्भ भएको अभियान अन्र्तगत पहिलो बर्ष ५५ घर, दोस्रो वर्ष ८३ घर र चालु आर्थिक वर्ष २०७६।०७७ मा १ सय ९ घरलाई टिनको छाना बितरण गरिएको हो । यो सँगै गाउँपालिका भित्रका सबै घरहरु टिनको छानो लगाइएको हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले बताए । मंगलबार बाँकी वडाहरु पोखराथोक, खानीगाउँ र यम्घाका लागि टिनको छाना बितरण सुरु भएको छ । अन्य बाँकी ६ वडाहरुमा यस अघि नै टिनको छानो लगाइसकिएको छ ।

शुक्रवार गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी दर्लामी, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ सहित वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको सहभागितामा टिनको छाना बितरण गरिएको थियो ।


प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले टिनको छानो अभियान ल्याउनुको मुख्य उद्धेश्य घरहरुको सुरक्षा भएको बताए । २ महिनाभित्र सबै घरमा टिनको छानो लगाउने र अनुगमन पछि घोषणा गर्ने कार्यक्रम रहेको उनले बताए । टिनको छानो लगाइएको घरमा पानी चुहिने र आगलागी हुने डर कम हुने भएकोले पनि जोखिम कम हुने उनको धारणा छ । गाउँपालिका भित्रका सबै समुदायलाई गरिबीबाट माथि ल्याउन, समृद्धिको यात्रा तर्फ लाग्यौ भन्ने अनुुभुति जनतालाई गराउन समेत यो अभियानले सहयोग पुर्याउने उनको भनाई छ ।


गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदी मगरले यसरी बाडिएका टिनबाट वास्तवमै आर्थिक संकटमा परेर खरको छानोमा बस्न बाध्य समुदाय लाभान्वित भएको बताइन् । यस्ता प्रकारका अभियानहरुले एकातिर स्थानीय समुदाय प्रत्यक्ष लाभान्वित हुने र अर्कोतिर घर घरमा स्थानीय सरकार पुगेको अनुभुति समेत हुने भएकोले फुसरहित घर अभियान निकै राम्रो रहेको उनको धारणा छ । पानी पर्दा ओत लाग्न गाह्रो हुने खडेरीका बेला आगोलागीबाट बचाउन धेरैलाई समस्या हुन्थ्यो टिनको छानो लगाएपछि कम्तीमा पनि पानी चुहिने र आगो लाग्ने डर हुने भएन उनले भनिन् ।

स्थानीय तहको निर्वाचनका बेला आफूहरु मत माग्न घर घरमा जादा खरले छाएको घरमा बस्नेहरुको पिडा सुनेको र सोही अनुसार कार्यपालिकाले कार्य अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । बगनासकालीलाई फुसका घर रहित गाउँपालिका बनाउने आफूहरुको उद्देश्य अव पूरा भएको उनले बताए । अहिले भनेको ठाउँमा पर्याप्त खर नपाईने, पाइएपनि छाउने जनशक्तिको अभाव हुने, र छाएका घरहरु पनि धेरै नटिक्ने, छिटै चुहिने हुने र हिउँदको बोल आगलागीको बढी डर हुने भएकोले पनि टिनको छानो लगाउनुपर्ने अवस्था आएको उनले बताए ।

Comments
Loading...