बगनासकालीका सबै जनप्रतिनिधि एमालेमै रहने

0 366

पाल्पा । बगनासकाली गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधि एमालेमै रहने जनाएका छन् । नेकपा एमाले बिभाजन भएको अवस्था को कता जाला भन्ने बिषयमा निकै चासो भएको थियो । तर नेकपा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीमा कोही पनि नजाने गरि निर्णय भएको एमाले नेता मोहन थापाले बतानउनुभयो । पालिका स्तरीय पार्टीको संसदीय दलको बैठकमा पालिकामा निर्वाचित भएका सबै जनप्रतिनिधिले एमालेमै रहने घोषणा गरेको उहाँले बताउनुभयो ।

बगनासकालीमा तत्कालिन समयमा नेपाली कांग्रेस र नेकपा माओवादी एलाइन्स गरि निर्वाचनमा गएका थिए । एमाले एक्लै निर्वाचन लडेको थियो । गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी सहित दर्लमडाँडा ,पोखराथोक ,चिर्तुङ्धारा र नायरनमतलेस गरि ४ वडा सहित कार्यपालिका समेत एमालेले नै जितेको थियो ।

गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल सहित बराङ्दी ,खानीगाउं,चापपानी खानीछाप र यम्घा गरि ५ वडामा कांग्रेसबाट अध्यक्ष जितेका थिए भने सदस्यमा ती वडाहरुमा एमालेले पनि जितेको थियो । अहिलेको अवस्थामा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधि एमालेमै रहने निर्णय भएको पालिका उपाध्यक्ष सरस्वती चिदीले बताउनुभयो ।

एमालेबाट १६ जना पुरुष र ११ जना महिलासहित २७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । २७ मध्ये १ जना जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल बगनासकाली ६ यम्घा बाट सदस्य निवार्चित हुनुभएको थियो । उहाँको २०७६ मा निधन भएको थियो ।

Comments
Loading...