बगनासकालीकी सरस्वती चिदी प्रदेशकै पहिलो महिला अध्यक्षको रुपमा निर्वाचित

0 661

पाल्पा । पाल्पा बगनासकाली गाउँपालिकाकी सरस्वती चिदी लुम्बिनी प्रदेशकै पहिलो महिला अध्यक्षको रुपमा विजयी हुनुभएको छ । नेकपा एमालेकी उम्मेदवार चिदीले नेपाली कांग्रेसकी सुनिता अधिकारीलाई पराजय गरी लुम्विनीकै पहिलो गाउँपालिका अध्यक्ष बन्न सफल हुनुभएको हो ।

एमाले उम्मेदवार चिदी ८ सय ३३ मत अन्तरले बिजयी हुनुभएको हो । चिदीले ६ हजार ४ सय ६६ मत प्राप्त गर्नुभयो भने अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गर्नुभयो । चिदी २०७४ सालको स्थानीय तह निर्वाचनमा पालिकाको उपाध्यक्षमा विजयी हुनुभएको थियो । निर्वाचन आयोगले सार्वजनिक गरेको हालसम्मको निर्वाचन नतिजा २०७९ मा लुम्बिनी प्रदेशमा चिदी एक मात्र महिला गाउँपालिका अध्यक्ष विजयी उम्मेदवारको रुपमा रहनुभएको छ ।

उपाध्यक्षमा नेकपा एमालेकै हरिप्रसाद पाठक विजयी हुनुभयो । पाठकले १ हजार ८५ मतले नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेयलाई पराजित गर्नुभयो । पाठकले ५ हजार ८ सय ७३ मत प्राप्त गरी विजयी भए । पाण्डेयले ४ हजार ७ सय ७८ मत प्राप्त गर्नुभयो ।
९ वटा वडा रहेको बगनासकालीमा ६ वटा वडामा नेकपा एमाले र ३ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । नेकपा एमालेले वडा नं २ बाट तीर्थप्रसाद भट्टराई, वडा नं. ३ बाट टिकाबहादुर थापा, वडा नं ४ बाट जितबहादुर कनौजे, वडा नं. ५ बाट ओमप्रकाश गैरे, वडा नं. ७ बाट गणबहादुर बुढाथोकी र वडा नं. ८ बाट मोतिलाल बस्याल विजयी हुनुभयो । नेपाली कांग्रेसबाट वडा नं. १ बाट शेरबहादुर चिदी, वडा नं. ६ बाट लक्ष्मीप्रसाद अधिकारी र वडा नं. ९ बाट थानेश्वर तिमिल्सिना विजयी हुनुभयो ।

Comments
Loading...