बगनासकालीको नीति कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित

0 455

पाल्पा । बगनासकाली गाउँपालिकाको आगामी वर्षको लागि नीति कार्यक्रम तथा बजेट सर्वसम्मत रुपमा पारित भएको छ । आज बगनासकाली गाउँपालिकाको बाह्रौ गाउँसभाका गाउँपालिका अध्यक्ष सरस्वती चिदीले प्रस्तुत गर्नुभएको गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भयो ।

उहाँले प्रस्तुत गर्नुभएको नीति अन्र्तगत दीर्घकालीन नीतिमा दीर्घकालीन विकासको लागि आवधिक त्रिवर्षिय योजना कार्यान्वयन तथा अद्यावधिक गर्ने, गाउँपालिका क्षेत्रको भू–उपयोग नीति तर्जुमा गरी समुन्नत कृषि गाउँको रूपमा विकास गर्ने, पर्यटन विकासको समुचित विस्तार र प्रवद्र्धन गर्ने, गाउँ क्षेत्रभित्रका सम्भावित क्षेत्रहरूको पहिचान गरी करको दायरा फराकिलो बनाउने, सार्वजनिक सम्पत्तिको पहिचान गरी संरक्षण र सम्वद्र्धन गर्ने, सार्वजनिक, निजी, साझेदारीमा जोड दिने, शिक्षा, स्वास्थ्य, भाषा, साहित्य, कला, संस्कृति र खेलकुदको विकास गर्ने, सूचना प्रविधिको विकास र विस्तार गरी सेवा प्रवाहलाई छिटो छरितो तुल्याउने, सरसफाई र वातावरण संरक्षणमा उल्लेख्य कार्य गर्ने उल्लेख छ ।

त्यस्तै सोही नीति तथा कार्यक्रमा विकासका पूर्वाधारहरूको पहँुच बिस्तार गरी बस्तीस्तरसम्म विकासका अवसरहरूको पर्याप्त उपयोग गर्ने अवस्थाको सुनिश्चितता गर्ने, सन्तुलित, समावेशी र समन्यायिक विकासको अवधारणामार्पmत विभिन्न वर्ग, क्षेत्र, लिङ्ग, समुदाय र जातजातिको श्रोत साधनमा पहुँच अभिवृद्धि गर्ने, उत्पादनमूलक क्षेत्रमा ब्यवसायिकता र उद्यमशीलताको विकास एवं सामाजिक परिचालनमार्पmत गरिवी न्यूनीकरण गर्ने, विकासको दृष्टिले पछाडि परेका वडाहरूमा प्राथमिकताका आधारमा विकास कार्यक्रमहरू पु¥याई जनताको सामाजिक आर्थिक रूपान्तरण गर्ने, स्वच्छ सुरक्षित खानेपानी, सरसफाई र स्वास्थ्य सम्वन्धी चेतनाको अभिबृद्धि गरी दीर्घकालीन लक्ष्य प्राप्तिमा टेवा पु¥याउने, विकास कार्यक्रम तथा आयोजनाहरू सञ्चालन गर्दा सरोकारवालाहरू वीच समन्वय कायम गर्दै जनसहभागिता, पारदर्शिता र उत्तरदायित्व वढाई सु–शासनको प्रत्याभूति दिने, वातावरणमैत्री नीति योजना र कार्यक्रम तय गरी कार्यान्वयन गर्ने, कृषि एवं पशुपालनलाई ब्यवसायिकरण गरी आय आर्जन वृद्धि गर्ने, समृद्ध, समुन्नत र श्रोत सम्पन्न आधुनिक गाउँपालिकाको रूपमा विकास गर्ने विषय पनि समावेश
छ ।

अध्यक्ष चिदीले गाउँपालिकाको समग्र विकास तथा समृद्दिका लागि अवलम्वन गरिने नीति तथा कार्यक्रम, आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार बिकास, बन वातावरण तथा विपद व्वस्थापन, सुशासन तथा संस्थागत विकास तथा लक्षित वर्गका बिषयमा अबलम्बन गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

सभामा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले प्रस्तुत गर्नुभएको ५० करोड १८ लाख २३ हजारको बजेट पनि सर्वसम्मत रुपमा पारित भएको छ । बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक विकासका साथै खानेपानी लगायतमा समानुपातिक ढंगबाट बजेट विनियोजन भएको उपाध्यक्ष पाठकले बताउनुभयो । बगनासकाली गाउँपालिकाले पछिल्लो समय गरेका निर्णयहरु जस्तै सबै अपांगता भएका ब्यक्तिहरुलाई भत्ता लगायत अन्य बिषयका लागि पनि बजेट बिनियोजन गरेको छ । बगनासकालीका हरेक क्षेत्रका नागरिकहरुसँगको सुझाव सल्लाहको आधारमा नै बजेट ल्याइएको र बजेटको सफल कार्यान्वयन हुने उपाध्यक्ष पाठकले बताउनुभयो ।

सभामा बगनासकाली गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको समितिकी संयोजक उमादेवी न्यौपानेले प्रस्तुत गर्नुभएको आर्थिक बिधेयक, बगनासकाली गाउँपालिकाको बिनियोजन बिधेयक पनि सर्वसम्मत रुपमा पारित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले बताउनुभयो । कार्यक्रममा बगनासकाली गाउँपालिकाका प्रवक्ता टिका बहादुर थापा, वडा नं. ९ का अध्यक्ष ठानेश्वर तिमिल्सिना, वडा नं. ९ का वडा सदस्य कृष्ण भुसालले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

सोही अवसरमा बगनासकाली गाउँपालिका अन्र्तगत रही उत्कृष्ट कार्यसम्पादन गर्ने ६ जना कर्मचारीहरुलाई नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रमकै अवसरमा गाउँपालिकाले प्रकाशन गरेको सार्वजनिक सेवाप्रवाह बडापत्रको पनि बिमोचन गरिएको थियो ।

Comments
Loading...