बगनासकालीमा पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री बितरण

0 337

पाल्पा । बगनासकाली पत्रकार समूह पाल्पाले जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेको छ ।

पालिकाको सहयोगमा जिल्लाका ५० जना संचारकर्मी र पत्रकार महासंघ पाल्पालाई सुरक्षा सामाग्री वितरण गरिएको बगनासकाली पत्रकार समूहका अध्यक्ष दिपक ढुंगानाले बताए । नेपाल पत्रकार महासंघ पाल्पालाई १० थान पल्स अक्सिमिटर, २० प्याकेट माक्स र सेनिटाइजर अन्य ५० जना संचारकर्मीहरुलाई १÷१ वटा पल्सअक्सिमिटर, २÷२ प्याकेट माक्स र सेनिटाइजर वितरण गरिएको समूहका सचिव बिष्णु घिमिरेले बताए ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले कोभिड १९ को संक्रमणमा फ्रन्टलाइनमा रहेर जनतालाई सूचना पुर्याउन खटिने पत्रकारहरुको सुरक्षाका लागि सहयोग गरिएको बताए । समूहका उपाध्यक्ष भोजराज तिमिल्सिनाले यसप्रकारको सहयोगले पत्रकारहरुलाई स्थलगत रुमपा समाचार संकलन गर्न सहज हुने बताए ।

Comments
Loading...