बगनासकालीमा ४० जना बढी एमालेमा प्रवेश गरे

0 2,434

पाल्पा । बगनासकाली गाउँपालिकाका बिभिन्न वडाहरुबाट ४० जान बढ्री नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । अन्य पार्टीहरुमा आवद्ध भई लामो समयदेखि काम गर्दै आएका उनीहरुले एमाले नीति सिद्धान्त मन परेकोले एमाले प्रवेश गरेको बताए ।

नेकपा एमाले बगनासकाली गाउँ कमिटिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलाका अवसरमा शनिवार एमालेमा प्रवेश गरेका हुन् ।
चिलाङ्गदीमा आयोजित भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् युवा नेता ठाकुर गैरेले अहिले जनजनमा एमाले प्रति आकर्षण रहेको बताउनुभयो । आगामी निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने बनाउँदै नेता गैरेले निर्भिक भएर पार्टी संगठन बिस्तारको काममा लाग्न सहभागीहरुलाई आग्रह समेत गर्नुभयो ।

भेलामा लेखा समिति केन्द्रिय सदस्य धनेन्द्रराज घिमिरेले लोककल्याणकारी योजनाहरुका कारण एमाले बलियो गरि जनसमुदायको मनमनमा बस्न सफल भएको बताउनुभयो । नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यले पार्टीका केही नेताहरु अर्को पार्टीमा गएको भएपनि एमालेलाई खास प्रभाव नपरेको बताउनुभयो । उहाँले अहिले गएका साथीहरु प्नि निर्वाचनको बेला एमालेमै फर्कने बताउनुभयो ।

भेलामा प्रदेश सदस्य देवी प्रसाद बस्याल, जिल्ला उपाध्यक्ष मोहन थापा, बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी, वडा नं. ३ का वडा अध्यक्ष टीका थापा, वडा नं. ८ का एमाले अध्यक्ष मोतिलाल बस्याल, गीता रेग्मी लगायतले आआफ्नो बिचार राख्नुभएको थियो । कार्यक्रम
वडा नं. ३ का वडा अध्यक्ष टीका बहादुर थापाको सञ्चालन र बगनासकाली गाउँकमिटी अध्यक्ष हरिप्रसाद पाठकको अध्यक्षतामा चलेको थियो । तस्बिरः पाल्पा पाटी

Comments
Loading...