बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरुको पदवाहल !

0 895

पाल्पा । बगनासकाली गाउँपालिकामा बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले सपथ तथा पदवाहली गरेका छन् । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि निर्वाचित अध्यक्ष सरस्वती चिदी दर्लामी र उपाध्यक्ष हरिप्रसाद पाठक सहितका जनप्रतिनिधिहरुले पदवाहली गरेका हुन् ।

यसअघि गाउँपालिका भित्रका सबै जनप्रतिनिधिहरुलाई गाउँपालिकाका अध्यक्ष चिदीले सपथ ग्रहण गराउनुभएको थियो ।
पदवाहली कार्यक्रम पछि अध्यक्ष चिदीले जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै समृद्ध बगनासकाली बनाउने अभियानमा आफु नेतृत्वका जनप्रतिनिधिहरु लागिपर्ने बताउनुभयो । उपाध्यक्ष हरिप्रसाद पाठकले निर्वाचित जनप्रतिनिधिहरुले पालिकाका सबै नागरिकहरुको आवश्यकता बमोजिम साझा रुपमा बिकास योजना तथा कार्यक्रमहरु सञ्चालन गर्न सहजीकरण गर्ने बताउनुभयो ।

गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद बस्यालले ५ वर्षको अवधिमा भए गरेका कार्यक्रम र योजनाहरुलाई निरन्तरता दिन नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । निर्वाचन अधिकृत रवि न्यौपानेले बगनासकालीमा निर्वाचन सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रमको संचालन सहायक निर्वाचन अधिकृत एवम् प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीको संचालनमा चलेको थियो ।

Comments
Loading...