बगनासकाली गाउँपालिकाको अध्यक्षमा ३ जना महिलाको उम्मेद्वारी

0 2,260

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकामा दुई ठुला राजनीतिक दलले अध्यक्षमा उठाएका छन् । यो जिल्लाकै नमुना हो । जिल्लाका अन्य कुनै पनि पालिकामा एमाले र कांग्रेसले प्रमुख पदमा महिलालाई उठाएका छैनन् । यद्यपी अन्य केही दल र स्वतन्त्र उम्मेदवारको रुपमा भने महिलाहरुले उम्मेद्वारी दिएका छन् तर अन्तिम नामावली आइसकेको छैन ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले सरस्वती दर्लामी चिदीलाई अध्यक्षको रुपमा उठाएको छ । चिदी यसअघि बगनासकाली गाउँपालिकाको उपाध्यक्षको रुपमा रहनुभएको थियो । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत माओवादीबीचको संयुक्त उम्मेद्वारलाई पछि पार्दै चिदी नेकपा एमालेको उम्मेद्वारको रुपमा उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

नेपाली कांग्रेस सहित सत्ता साझेदार दलहरुले पनि प्रमुख पदमा सुनिता अधिकारीलाई उठाएको छ । यसअघि नेपाल बिद्यार्थी संघको राजनीतिमा सक्रिय नेतृ केही महिना अघि भएको नेपाली कांग्रेसको जिल्ला अधिवेशनबाट पार्टी सचिवको रुपमा निर्वाचित हुनुभएको थियो ।
बगनासकाली गाउँपालिकाको अध्यक्षको लागि अर्को एक जना महिलाले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । स्वतन्त्र उम्मेदरका रुपमा अम्विका पाण्डेयले उम्मेदवारी दिनुभएको हो ।

निर्वाचनका लागि आइतबारदेखि उम्मेदवारी दर्ताको काम चलिरहेको छ । जिल्लाभर अहिले पनि जारी छ । कुन पालिकामा कुन कुन दल र कहाँ स्वतन्त्र उम्मेद्वारहरुले उम्मेदवारी दिए भन्नेबारे अन्तिम नामावली आइसकेको छैन ।

Comments
Loading...