बगनासकाली गाउँपालिकाको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

0 367

दयाराज न्यौपाने
बगनासकाली गाउँपालिकाको आर्थिक वर्ष २०७८,०७९को वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक वर्षमा पालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समिक्षा गरी असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

दुई दिनसम्म चलेको प्रगति समिक्षा कार्यक्रममा ९ वडाका सचिवहरूले ,स्वास्थ्य चौकीका प्रमुखहरू र पालिकाका १० वटा शाखाका प्रमुखहरुले गत आर्थिक बर्षमा भएका सम्पूर्ण कामहरूको प्रगति, चुनौती र सम्भावनाका बिषयमा प्रस्तुती राखेका थिए । गत आर्थिक बर्षमा ४२२ वटा योजनाहरु संचालन भएको र १.५ किलोमिटर कालोपत्रे गरेको १५ शैयाको अस्पताल र प्रशासनीक भवनको कामथालनी भएको प्रगति सुनाइएको थियो । आर्थिक प्रशासन शाखाका प्रमुख कोशलराज पौडेलले आर्थिक बर्ष २०७८,०८९ मा ५९ लाख आन्तरिक आम्दानी भएको बताउँदै ६७ प्रतिशत बेरुजु संम्परीक्षण भएको र बित्तीय तर्फ ८७.९ प्रतिशत प्रगति भएको जानकारी गराउनुभयो ।

पालिकाले योजनाहरूको छनोट समयमै मुल्याङकन र अनुगमनका साथै भुक्तानी प्रक्रियालाई सरल बनाउने र आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्दै न्यूनिकरण गर्दै लैजाने समिक्षा बैठकमा छलफल भएको थियो । सो अवसरमा राजस्व असुली, करका दर र दायराहरूको विस्तार र विकासका साथै सामाजिक सुरक्षा र सुशासन प्रजाह गर्न भुमिका खेल्ने बताईएको छ । वार्षिक प्रगति समिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष सस्स्वती चिदी दर्लामीले समग्रमा आर्थिक बर्ष २०७८÷०७९ उपलब्धीमूलक रहेको भन्दै चालु आर्थिक वर्षमा गत आर्थिक वर्षमा गर्न नसकिएका समग्र विकास निर्माण तथा सेवाप्रबाहलाई प्रभावकारी ढंगले अगाडि बढाउने बताउनुभयो उहाले आफू र जन प्रतिनिधिहरूले नै सहयोग पुर्याउने बताउँदै उच्च मनोवलकासाथ कार्य सम्पादनमा लाग्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले व्यवस्थित ढंगले योजना बनाएर परिणाम देखिने गरी काम अगाडि बढाउन सबैको जोड हुन पर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत बिस्णु घर्तीले प्रगति समिक्षा समग्रमा उत्साहजनक रहेको भन्दै योजन बद्द ढंगले चालु आर्थिक वर्षका गतिबिधीहरू अगाडि बढाएर काम गर्न कर्मचारीहरूलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापा,पत्रकार महासघ पाल्पाका पुर्व अध्यक्ष भगवान भण्डारी, बगनासकाली पत्रकार समुहका नेत्र गैरे लगाएतले बोल्दै हाम्रो बगनासकाली बनाउनु हामी सबैको अहम भुमिका हुने कुरामा जोड दिनुभएको थियो । वार्षिक प्रगति समिक्षा बैठकमा वडा अध्यक्षहरु, वडा सदस्यहरु कर्मचारी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । सोही अवसरमा गत आर्थिक बर्षमा धेरै राजस्व संकलन गर्ने वडा नम्बर २ पोखराथोक र ६ यम्घालाइ सम्मान पत्रले सम्मान गरिएको थियो भने गाउँपालिकाले प्रकाशन गरेको कानुन संग्रह २०७९ को बिमोचन गरिएको थियो ।

Comments
Loading...