बराङ्दीका युवाले ‘तपाईको मास्क खोई’ अभियान सुरु गरे

0 272

पाल्पा । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको पहलमा बगनासकाली ९ पाल्पामा गठन भएको बेद युवा समुहले समुदाय स्तरमा कोरोना भाइरस फैलन नपाओस् भन्ने चेतना बाड्नका लागि ‘तपाईको मास्क खोई’ अभियान सुरु गरेको छ ।

अहिले कोरोना भाइरस समुदाय स्तरमा समेत फैलिइरहेको अवस्थामा अझै पनि मानिसहरुमा स्वास्थ्य सुरक्षा फैलाउनका लागि युवा समुहले बगनासकाली सुचना केन्द्रसितको सहकार्यमा बगनासकाली गाउँपालिकाको वडा नं. ८ बराङ्दी र वडा नं. ७ खानीगाउँको मुख्य देउराली चोकबाट अभियान सुरु गरिएको समुहका अध्यक्ष बरुण बस्यालले बताए ।

अहिले पनि मानिसहरु गाउँमा कोरोना आएको छैन भन्ने मास्क समेत नलगाई बाहिर हिडिरहेको अवस्थामा मास्कबारे जानकारी गराउने, मानिसहरुलाई मास्क प्रयोगका लागि प्रेरित गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको र यो अभियान अन्य टोलहरुमा समेत निरन्तरता दिइने उनले बताए ।

अभियान अन्र्तगत मुख्य चोक चोकमा हजुरको मास्क खोई लेखिएको ब्यानर टासिएको र बाटोमा यात्रा गर्नेहरुले मास्कको प्रयोग नगरेको भए मास्कको महत्वबारे जानकारी गराउँदै मास्क समेत उपलब्ध गराउँदै आएको अध्यक्ष बस्यालले बताए । यो समुहले कोरोना भाइरसको त्रासका कारण गरिएको लकडाउनको अवधिमा भौतिक दुरी कायम गर्दै २ वटा सामाजिक सचेतना मुलक भिडियो डकुमेन्ट्री निर्माण समेत गरेको समुहका सचिव जीवन न्यौपानेले बताए । यसरी निर्माण गरिएको भिडियो युट्युवमा समेत राखिएको र सबैक्षेत्रमा राम्रो प्रतिक्रिया आएको उनले बताए ।

Comments
Loading...