बलात्कार आरोपमा पाल्पामा एक युवा पक्राउ
पाल्पा । ३४ बर्षीया महिलालाई बलात्कार पछि गर्भवती बनाएको आरोपमा प्रहरीले तानसेन नगरपालिकाका ४४ बर्षीय अर्जुन बिकलाई मंगलबार पक्राउ गरेको छ ।
आरोपितले आफुलाई बलात्कार गरेको र बलात्कार पछि आफु गर्भवती भई सुत्केरी भएको र शिशु पनि जन्मिएको भन्दै पिडित महिलाले सोमबार जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दर्ता गराएकी थिइन् । पिडित महिलाले असार ३० गते घरमै शिशु (छोरी) जन्माएको र शिशु बिरामी भएपछि उपचारको क्रममा सोमबार लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले बताए ।
पिडित महिलाको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए ।