बलात्कार गरेको आरोपमा पाल्पामा एक जना पक्राउ

0 6,123

पाल्पा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका–५ का ४१ वर्षीय वीरबहादुर पौडेल क्षेत्रीलाई बुधवार पक्राउ गरेको छ ।

आरोपितले पिडितलाई मंगलवार साँझको समयमा बलात्कार गरेको भन्दै पिडित महिलाले बुधवार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । आफुहरु दुबै जना सोही क्षेत्रमा मजदुरी गर्दै आएको र रातिको समयमा नजिकैको प्रतिक्षालयमा लगेर बलात्कार गरेको पिडित महिलाले बताउनुभयो । आरोपितलाई गिरफ्तार गरि थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर गौतम बोहोराले बताउनुभयो ।

Comments
Loading...