बाढीले बगाउँदा पाल्पामा एक युवकको मृत्यु

0 799

 

पाल्पा । पाल्पामा वर्षासँगै आएको पहिरोमा परी एक युवकको ज्यान गएको छ । रम्भा गाउँपालिका १ स्थित अर्सेदीका ३० वर्षीय दिनेश अर्याललाई आफ्नै खेतमा आएको पहिरोले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराती रम्भा गाउँपालिकाको वडा नं. १ देखी वडा नं. २ को फोक्सिङकोट जाने सडकबाट आएको भलले बगाउँदा उनको मृत्यु भएको पहरीले जनाएकोछ छ । पानी परेका कारण खेतमा जाने भल तर्काउन जादाँ ढुंगासहितको पहिरोमा परी उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए ।

Comments
Loading...