बुधवार मात्रै पाल्पामा ५५ जना कोरोना संक्रमित थपिए

0 468

पाल्पा । बुधवार मात्रै पाल्पामा ५५ जना कोरोना संक्रमित थप भएका छन् । पिसिआरबाट ११ जना र एन्टिजेन परीक्षणमा ४४ जना गरी ५५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

बुधवार पाल्पामा १७ महिला र १३ पुरुष गरी २९ जना कोरोना संक्रमितहरु निको भएर घर फिर्ता भएका छन् । यो सँगै पाल्पामा सक्रिय संक्रमितको संख्या ४ सय २१ पुगेको छ । पाल्पामा कोरोना संक्रमण संख्या खुकुलो लकडाउनसँगै बढेको लापरवाहीले थप संक्रमण फैलिदै गएको छ ।

Comments
Loading...