बेथल जुनियर रेड्क्रस सर्कलद्धारा बोटे गाउँका ४९ जना बालबालिकालाई झोला बितरण

0 260

पाल्पा । बेथल जुनियर रेडक्रस सर्कल (बेथल बोर्डिङ स्कुल) तानसेनले विद्यालयको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती – २०७८ को अवसरमा ता.न.पा.–१३, बोटेगाँउ, छेर्लुङमा रहेको श्री राधाकृष्ण प्रा.बि.मा अध्ययनरत ४९ जना विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि स्कूल झोला तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।

जुरेसका अध्यक्ष स्नेहा रानाले बेथल बोर्डिङ स्कुलका बिद्यार्थीहरुले टिफिन खाने पैसावाट केही रकम बचाएर संकलन गरेको रकम तथा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुद्वारा सहयोग गरिएको रकमबाट उक्त सामग्री सहयोग गरेको बताइन् ।

प्रमुख अतिथि श्री राधाकृष्ण प्रा.बि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तबहादुर पि.सि.ले सदरमुकामदेखि टाढा रहेको तथा बहुसंख्यक विद्यार्थी बोटे समुदायबाट अध्ययन गर्ने सामुदायिक विद्यालयलाई निजी विद्यालयलले सहयोगको हात बढाई जुरेसमा आवद्घ विद्यार्थीहरुबाट झोला तथा स्टेशनरी सामग्री वितरण गरेको कार्य अत्यन्तै सह्रायिन रहेको र यस्तो कार्यले सामुदायिक र संस्थागत विद्यालयहरुको सहकार्य तथा शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विचार ब्यक्त गर्नु भएको थियो ।

बेथल बोर्डिङ स्कुलका प्रिन्सिपल तथा जु.रे.स.का संरक्षक खेमबहादुर सारुले यस किसिमको सहयोग विद्यार्थीहरुलाई कुनै सहानुभुतीको सोचबाट नभएर शैक्षिक उनन्यको लागि सहकार्यको भावनाले गरेको र भविष्यमा पनि यस्तै सहयोगहरु निरन्तर रहने कुरा राख्नु भएको थियो । सो क्रममा शिक्षक महासंघ पाल्पाका पूर्व अध्यक्ष देबीप्रसाद भट्टराई, वडा नं १३ का वडा सदस्य राधा बि.क., विद्यालयका पूर्व अध्यक्ष खड्कबहादुर के.सि., समाजसेवी लिलाराज भट्टराई, अभिभावक तथा निगरानी समूहका अध्यक्ष शर्मिला के.सि. सहायक प्र.अ. अच्युट भट्टराईले दुरदराजमा रहेको विद्यालयलाई बेथल स्कुल जुनियर रेडक्रस सर्कलद्वारा गरिएको सहयोगको उच्च प्रशंसा गर्दै मन्तब्य राख्नु भएको थियो ।

ार्यक्रममा सर्कलका उपाध्यक्ष बिरिश सारुको स्वागत मन्तब्य तथा जुनियर रेडक्रस सर्कलका अध्यक्ष स्नेहा रानाको अध्यक्षता र सचिव नितेश दर्लामीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments
Loading...