बेलौती अड्किएर ५ वर्षीय बालकको मृत्यु

0 501

स्यांगजा । घाँटीमा बेलौती(अम्बा) अड्किँदा स्याङ्जाको वालिङमा ५ वर्षीय बालकको मृत्यु भएको छ । वालिङ नगरपालिका–१३, का प्रकाश नेपालीका ५ वर्षीय छोरा प्रिन्स नेपालीको घाँटीमा बेलौती अड्किएर ज्यान गएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख शंकर आचार्यले बताए ।

आफ्नो घरमा फलेको बेलौती खाँदा घाँटीमा अड्किकएपछि उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments
Loading...