बोक्सी आरोपमा कुटपिट गरेको भन्दै पाल्पामा २ जना गिरफ्तार

0 445

पाल्पा । रामपुर नगरपालिका–८ पाल्पा सिद्धबाबाकी १७ वर्षीया युवती र ३१ वर्षीय पुरुषलाई झार फुकको बाहनामा बोक्सी आरोपमा कुटपिट तथा अमानबीय ब्यवहार गरेको आरोपमा प्रहरीले नवलपुर जिल्ला देवचुली नगरपालिका–४ का ५६ वर्षीय बुद्धि पुडासैनी र ३७ वर्षीया यममाया कुमाललाई गिरफ्तार गरेको छ ।

रामपुर नगरपालिका–८ पाल्पा सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा साउन २३ गते राति झारफुक गर्ने बहानामा पुडासैनी र कुमालले उनीहरु दुबै जनालाई कुटपिट तथा अमानविय व्यवहार गरेको भन्दै पिडित पक्षले प्रहरीमा उजुरी दर्ता गराएका थिए । उजुरीको आधारमा उनीहरुलाई गिरफ्तार गरिएको प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।

कुटपिटका कारण किशोरीको शरीरमा चोटपटक लागेकोले उनको अहिले तानसेस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...