भैरव सर्जिकेमका सञ्चालकद्धारा ५ लाख बढीको स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

0 514

पाल्पा । भैरव सर्जिकेम सप्लार्यस तिलोत्तमा ४ रुपन्देहीका प्रोपाईटर रिब्दीकोट गाउँपालिका ४ स्थायी घर भएका रुद्र बहादुर कार्की ,शोभा कार्की रायमाझी र अर्जुन पोख्रेलले रिब्दीकोट गाउँपालिकालाई ५ लाख बढीको स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएका छन् ।

रिब्दीकोट गाउँपालिकालाई रियुजएवल पि.पि.ई. सेट ७५ थान, के.एन ९५ माक्स ७५ थान , गम बुट ६२ थान, सर्जिकल माक्स ५ सय पिस, सेनिटाईजर १० लिटर गरि जम्मा रु ५ लाख १० हजार १ सय ९५ बराबरको कोभिड नियन्त्रण स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष नारायण बहादुर जि.सि., उपाध्यक्ष लक्ष्मी खनाल, प्रमुख प्रसाशकीय अधिकृत प्रेमचन्द्र अर्याल , स्वास्थ्य संयोजक सुनिल अधिकारीलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

सो अवसरमा अध्यक्ष जिसीले यसप्रकारको सहयोगका लागि सहयोगीहरुप्रति धन्यवाद ब्यक्त गरे ।

Comments
Loading...