भैसी प्रवर्धन कार्यक्रम मार्फत किसानलाई टेवा पुर्याउँदै बगनासकाली बहुउद्देश्यीय सहकारी

0 243

पाल्पा । बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाले यस क्षेत्रका किसान तथा सेयरहरुको आर्थिक सामाजिक बिकासका लागि महत्वपुर्ण टेवा पुर्याउँदै आएको छ । स्थानीय ४ वटा सहकारी एकीकरण भई २०७६ असोज ३० गतेबाट एकीकृत कारोवार गर्दै आएको सहकारीले भैसी प्रवर्धन कार्यक्रम मार्फत दैनिक ३ सय ५० लिटर दुध संकलन गरि बजार पठाएको छ । जसबाट सहकारीमा आवद्ध १ सय जना बढी सदस्यहरुले मनग्ये आम्दानी लिन थालेका छन् ।

म सँग मेरो बगनासकाली बिकास र समृद्धिका लागि सहकारी भन्ने मुल नारासहित अगाडि बढेको यो सहकारीमा अहिले ११ सय बढी सेयर सदस्यहरु रहेका छन् । यसलाई बढाएर कम्तीमा १९ सय ५० पुर्याउने लक्ष्य राखिएको सहकारीका अध्यक्ष कृष्णप्रसाद भुसालले बताउनुभयो ।
उक्त सहकारीको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सहकारीहरु मार्फत सामाजिक आर्थिक रुपान्तरणका लागि महत्वपुर्ण भूमिाका रहने बताउनुभयो । उहाँले यसप्रकारका उत्पादनमुलक सहकारीको प्रवर्धनका लागि प्रदेश सरकारको तर्फबाट पुर्ण सहयोग रहने समेत बताउनुभयो ।

पुर्व उद्योगमन्त्री एवम् संघीय सांसद सोमप्रसाद पाण्डेले यो सहकारी मार्फत हुँदै आएको भैसीप्रवर्धन, कुरिलो खेती, अकवरे खुर्सानी लगायतको कार्यको प्रशंसा गर्नुभयो । उहाँले यो सहकारीले सामाजिक रुपमा निर्वाह गर्दै आएको भुमिकाको उचित मुल्यांकन गरेर नै अघिल्लो आर्थिक बर्षमा सांसद विकास कोष मार्फत रकम उपलब्ध गराएको बताउनुभयो । लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बीर बहादुर रानाले किसानलाई प्रत्यक्ष रुपमा उत्पादन र स्वरोजगारीसँग जोड्ने यो सहकारी नमुना सहकारीको रुपमा रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाका कार्यबाहक प्रमुख मिरा मरासिनी, जिल्ला सहकारी संघका अध्यक्ष भुपति पाण्डे पुरुष सेयर सदस्य हरिप्रसाद घिमिरे, महिला सेयर सदस्य पवित्रा बस्याल, बाल बचतकर्ता सदिक्षा बस्याल लगायतले शुभकामना मन्तब्य राख्दै सहकारीको अझ प्रगतिको शुभकामना दिनुभयो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै सहकारी बरिष्ठ उपाध्यक्ष मोतीलाल बस्यालले यो सहकारी यस क्षेत्रकै नमुना सहकारीको रुपमा रहेको बताउनुभयो । कार्यक्रममा सहकारीका अध्यक्ष कृष्ण प्रसाद भुसालले सहकारीको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिबेदनमा सहकारी मार्फत हुँदै आएको भैसीप्रवर्धन, कुरिलो, अकबरे खुर्सानी कार्यक्रम र सहकारी सदस्यहरुमा आएको परिवर्तन र आगामी कार्यक्रमबारे उल्लेख गरिएको छ ।

आर्थिक समितिका रविलाल तिमिल्सेनाले सहकारीको बार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो । कार्यक्रमको अवसरमा संघीय सांसद सोमप्रसाद पाण्डेलाई सहकारी भवन निर्माणका लागि सहयोग गरेको भन्दै सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट उद्यमी, असल उद्यमी, असल ऋण्ी सहित बिभिन्न बिधाका उत्कृष्ट सेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । सरकारी सेयरहरुका सन्ततीहरुबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

सो अवसरमा सहकारीको नवनिर्मित भवनको उद्घाटन पनि गरिएको थियो । सहकारीले अव नयाँ भवनबाटै सेवा सुचारु गरेको छ । कार्यक्रम सहकारीका अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता र सचिव कमलराज तिमिल्सेनाको संचालनमा चलेको थियो ।

Comments
Loading...