मतदान केन्द्रमा मतदाता परिचयपत्र बितरण सुरु

0 122

पाल्पा । यही ३० गते हुने स्थानीय तह निर्वाचन गराउनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत सहितको टोली बैशाख २७ गते मतदान केन्द्रहरुमा पुगिसकेका छन् । कतिपयमा बैशाख २६ नै टोली पुगेको छ भने अन्य केहीमा बैशाख २७ गते टोली पुगेको हो । टोलीले निर्वाचनको तयारी थालेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।

जिल्लाका सबै मतदान केन्द्रहरुमा बुधवारबाट नयाँ मतदाताहरुको मतदाता परिचयपत्र बितरण कार्य सुरु भएको छ । टोलीले मतदान केन्द्रबाट बिहीवार पनि मतदाता परिचय पत्र बितरण गर्ने जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले बताउनुभयो ।

Comments
Loading...