माइतीघर जान कोरोनाले छेक्यो चेलीलाई (भिडियो सहित)

0 590

चुरामणी तिमिल्सिना

यस वर्षको तीज गीतलाई लक्षित गरि पाल्पाली गायक पुरुषोत्तम गैरेले नयाँ तीज गीत बजारमा ल्याएका छन् । गायक गैरेले माइतीको पिरलो बोलको गीत बजारमा ल्याएका हुन् । यो गीत शुक्रवार सार्वजनिक भएको छ ।

शुभतारा म्यूजिक प्रालि मार्फत बजारमा आएको गीतमा गैरेसँगै शर्मीला गुरूङ, खेम सेन्चुरीको समेत स्वर रहेको छ ।
कोरोना कहरले माइतीमा चेलीलाई पुग्न नपाउँदाको पीडा गित मार्फत् अभिव्यत्त गरिएको गायक गैरेले बताए । गितको भिडियोमा सन्तोष शर्मा, कम्पना पाण्डे, हरि सुवेदी, मञ्जु सुवेदी, सरिता ज्ञवाली, किरन पन्त, एन्जल र अभिरल भट्टराईले अभिनय गरेका छन् । यो गीत दर्शक स्रोताको मन जित्ने खालको बनेको गैरेको भनाई छ ।

भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

Comments
Loading...