मातातीर्थ औशीको अवसरमा टोल बिकास संस्थाद्धारा आमाहरुलाई सम्मान

0 367

पाल्पा । मातातीर्थ औशीको अवसरमा तानसेन नगरपालिका वडा नं. २ मेहल्धारामा रहेको सृजनशील टोल बिकास संस्थाले टोल विकास संस्था अन्र्तगत रहनुभएका जेष्ठ आमाहरुलाई सम्मान गरेको छ ।

संस्थाले टोल बिकास संस्था अन्र्तगत रहनुभएका ६० वर्ष उमेर पार गर्नुभएका १२ जना आमाहरुलाई सम्मान गरेको हो । आमाहरुलाई टिका मिठाई सहित पछ्यौरी ओढाएर सम्मान गरिएको हो । सम्मान कार्यक्रममा सम्मानित आमाहरु मध्येबाट मिना रेग्मी र सिन्दु नेपालले यसप्रकारको सम्मानबाट आफूहरु खुशी भएको बताउनुभयो ।

आमाहरु जननी भएकोले उहाँहरुको सम्मानका लागि यसप्रकारको कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । टोल बिकास संस्थाकी अध्यक्ष सरस्वती शर्माको अध्यक्षता र सचिव सुस्मिता रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments
Loading...