माथागढीका अध्यक्षले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाए

0 1,838

पाल्पा । माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले आफु चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याएका छन् । अध्यक्ष थापाले आफू चढ्दै आएको ग १ झ ३५६ नम्वरको गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा ल्याएको बताएका छन् ।
माथागढी सहित जिल्लाभर कोरोना संक्रमित बढ्दै गएपनि बिरामीले एम्बुलेन्स नपाउँदा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यसप्रकारको निर्णय गरिएको उनले बताए ।

पछिल्लो केही दिन यतासंक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका विरामीहरुले अस्पतालसम्म लैजानको लागि सहजै गाडी पाउन सक्ने अवस्था नभएपछि पर्याप्त एम्बुलेन्सहरुको व्यवस्था मिलाइएको समेत उनले बताए ।

माथागढी गाउँपालिकामा हाल आफ्नै मातहतमा दुई एम्बुलेन्स सञ्चालनमा रहेका छन् । अध्यक्ष चढ्ने एक गाडी र भूपू सैनिकको समेत गरी अब चार सवारी साधनले कोरोना संक्रमित बिरामीलाई बोक्ने ब्यवस्था मिलाइएको उनले बताए । यी गाडीहरु २४सै घण्टा सेवाप्रवाह गर्ने गरी तयारी अवस्थामा राखिएको उनले बताए । pic.sittalpati.com

Comments
Loading...