माथागढीको बहादुरपुरमा कांग्रेसका ढेंगाको प्यानल नै बिजयी

0 299

पाल्पा । पाल्पाको माथागढी ८ बहादुरपुरमा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ । बहादुपुरमा नेपाली कांग्रेसको प्यानलै विजयी भएको हो । वडाध्यमा दिल बहादुर ढेंगा सहितको कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । वडा नं. ८ बहादुरपुरको वडाध्यक्षमा रूख चिन्हमा ४ सय १० सहित ढेंगा विजयी भएका छन् । नेकपा एमालेसँग उनको मतान्तर १ सय ४ रहेको छ ।

पाल्पाका सबै पालिकाहरुमा मतगणना सुरु भएको छ । पाल्पामा स्थानीय तहको निर्वाचनमा पाल्पामा ६९ दशमलव ०२ प्रतिशत मत खसेको छ । जिल्लामा सबैभन्दा बढी रामपुर नगरपालिकामा ७३ दशमलव ५७ प्रतिशत मत खसेको छ । यस्तै सबैभन्दा कम पूर्वखोला गाउँपालिकामा ६४ दशमलव ६८ प्रतिशत मत खसेको हो ।

१ लाख ९९ हजार ६ सय ९० मतदाता रहेको पाल्पामा १ लाख ३७ हजार ८ सय ३१ जनाले मतदान गरेका थिए । पाल्पाको १ सय १८ मतदान स्थलका २ सय ४७ मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो । दश स्थानीय तह रहेको पाल्पामा बिहान ७ बजेदेखी साँझ ५ बजेसम्म मतदान कार्य चलेको थियो ।

Comments
Loading...