माथागढी क्षेत्रमा बजार अनुगमन, अखाद्य बस्तु बरामद् गरि नष्ट गरियो

0 458

सुमन गाहा । (माथागढी) पाल्पा
जिल्लाको माथागढी गाउँपालिकाले स्थानीय बजारको अनुगमन गरेकोे छ । गाउँपालिकाको बजार अनुगमन समितिबाट माथागढी गाउँपालिकाको वडा नं. १ चिदीपानी,वडा नं. २ रुप्से र वडा नं. ४ झडेवाका ७० वटा पसलहरुमा अनुगमन गरिएको हो ।

बजार अनुगमनको क्रममा पसलमा साइनबोर्ड नराखेको, पसल दर्ता नगरेको, मुल्य सूची नराखेको केही स्थानमा म्याद गुज्रिएको सामान विक्री वितरण गरेको पाइएको छ । बजार अनुगमन बाट म्याद नाघेका विभिन्न किसिमका खाध तथा अन्य उपभोग्य वस्तुहरु सरोकार वालाको रोहवरमा जलाई नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए । यसरी अनुमगनको क्रममा मापदण्ड पुरा नगरि ब्यवसाय सञ्चालन गरिरहेकाहरुलाई प्रक्रिया पुरा गरेर मात्र अनुगमन गर्न सचेत गराइएको गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईले बताइन् ।

अनुगमनमा खाध प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका निमित्त प्रमुख नरेश श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय पाल्पाका टेक बहादुर घर्ति,उद्योग वाणिज्य संघ पाल्पाका वालकृष्ण बस्याल,गाउँपालिकाका छैठौं अधिकृत नारायण प्रसाद न्यौपाने,गाँउपालिकाका आर्थिक समिति संयोजक तारा रसायली,माथा प्रहरी चौकीका प्रहरी हवल्दार कृष्ण सिंजाली र आर्यभञ्जयाङ् प्रहरी चौकीका प्रहरी हवल्दार शिवलाल वि.सि लगायतको समेत उपस्थिती रहेको थियो ।

Comments
Loading...