मानवअधिकारका लागि एकल महिला समूह पाल्पाको अधिवेशन सम्पन्न

0 305

पाल्पा । मानव अधिकारको लागि महिला, एकल महिला समुह पाल्पाको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।

जिल्ला अध्यक्ष तुलसी गैरेको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि समूहकी प्रदेश अध्यक्ष जानकी घिमिरे अर्याल, बिशिष्ट अतिथि समाजसेवी पुर्णमाया महर्जन, विशिष्ट अतिथि अधिवक्ता शारदा पौडेल, रम्भा गाउँपालिका सदस्य भोविसरा सारु, वगनासकाली– ८ की म सदस्य भगवती घिमिरे, गैरसरकारी संस्था महासंघ पाल्पा उपाध्यक्ष माया शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अधिवेशनले तुल्सी गैरेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । जसको उपाध्यक्षमा सीता जिसी, सचिवमा जिवा आले, कोषाध्यक्षमा प्रभा थापा, सदस्यहरुमा सीता खनाल, अञ्जु शाक्य र भिमिसरा पाडे मगर रहनुभएको छ ।

Comments
Loading...