यसरी पनि मनाउन सकिदो रहेछ नि जन्मदिन

0 1,166

चुरामणी तिमिल्सिना । पाल्पा
रुरु क्षेत्र गाउँपालिका वडा नं. ६ रिमिवा निवासी हाल काठमाडौमा रही विभिन्न सामाजिक सस्थामा आबद्ध रहदै आएकी जमुना पौडेलले फरक तरिकाले जन्म दिन मनाएकी छन् ।

उनले आफ्नो जन्मदिनको अवसरमा रुरु धार्मिक क्षेत्रमा बस्दै आएका कल्पबासी वृद्ध वृद्धा साधु सन्त महन्त असाय अपाङ्ग र दिन दुखिहरुलाइ बृहत भण्डारा लगाइदिएकी छन् ।

आफू पाल्पाको अर्गलीमा जन्मेको र कर्म भुमि रिमुवा तथा काठमाडौ भएपनि माइतीमै रहँदा पनि यस्ता दिन दुखिहरुको सेवा निरन्तर गर्दै आएकोले यसपटकको जन्मदिन पनि यसरी नै मनाएको उनले बताइन् ।

उनका पति भिम पौडेल पनि सामाजिक अभियन्ता हुन् । जमुनाले पनि आफ्ना पतिसँगै १० वर्षदेखि सामाजिक कार्य गर्दै आएकी छन् । उनले आफ्ना पतिको प्रेरणाले सामाजिक जीनव बिताउन पाउदा खुशी भएको बताइन् ।

पौडेल लाइन्स क्लब अफ काठमाडौ रेसुङगाकी रिजन चियर पर्सनको रुपमा समेत रहेकी छन् । उनले क्लवमा आबद्ध भएपछि रिमुवाका अपांगगता भएका ब्यक्तिहरुलाई हुइल चियर, सेतो छडी खाद्यन्न बितरण गर्दै आएकी छन् भन खानेपानी टंकी टवाइलेट निर्माणमा समेत सहयोग गरेकी छन् ।

त्यस्तै उनल अति बिपन्न बर्गका गरिब ब्यक्तिलाई जाडोमा लगाउने कपडा , बलाङकेट अनाथ बालबालिकालाई खानाको ब्यवस्था बारा पर्साका हावाहुरी पिडितलाई आर्थिक सहयोग समेत गर्दै आएकी छन् । त्यस्तै विभिन्न धार्मिक मठमन्दिरमा भण्डारा , विभिन्न ठाउँका बिरामीहरुलाइ उपचार खर्च लगायतका सेवा स्वास्थ्यमा समेत सहयोग गर्दै आएकी छन् ।

आजकल जन्मदिनमा केक काट्ने भड्किलो गरि शुभकामना साट्ने गरिएपनि आफूले जन्मदिनमा यसप्रकारको सेवाभावलाई अगाडि बढाएको उनले बताइन् । यस बिषयमा उनका पति भिम पौडेलले समेत सामाजिक जागरणको अभियान नै चलाएका छन् ।

Comments
Loading...