यसरी हुने भयो यस वर्षको पाल्पा भगवती जात्रा

0 887

पाल्पा । पाल्पा भगवती जात्राको यो बर्षको २ सय २ औं श्रृंखला हो । तर कोरोनाका कारण यो वर्षको भगवती जात्रा औपचारिकतामा मात्रै सिमित हुने भएको छ ।

कोरोना संक्रमण फैलन सक्ने भन्दै सरकारले गरेको आह्वान र जिल्ला स्तरीय बैठकको निर्णय यस वर्षका सबै जात्राहरु औपचारिकतामा मात्रै समित भएका छन् । भगवती गुठीका अध्यक्ष राजेश्वर उदयले यस वर्ष सेना, प्रशासन, गुठी र पत्रकारहरु सहित सिमित ब्यक्तिहरुको सहभागितामा मात्रै मन्दिर परिसरमै सामान्य रुपमा भगवतीको परिक्रमा गराइने बताए । चल्दै आएको ऐतिहासिकलाई निरन्तरताका रुपमा मात्रै यस बर्षको रथयात्रा चलाइने उनले बताए ।

यो बर्ष बुधवार जात्राको दिन रहेको छ । अघिल्लाहरु बर्षहरुमा जस्तो यो बर्ष रथको बजार परिक्रमा हुँदैन । जात्राको दिन बिहान ११ बजेसम्म सर्वसाधारण नागरिकहरुका लागि दुरी कायम गरेर मन्दिरको दर्शन गर्न पाउने ब्यवस्था मिलाइनेछ । यस वर्ष मन्दिरमा मन्दिर तथा अन्य निकायहरुले दिदै आएको कुनै पनि पशुवलि दिइने छैन ।

यस्तो छ भगवती जात्राको इतिहास

बीरताको प्रतिकको रुपमा रहेको रणउजीरेश्वरी भगवतीको रथयात्रा हरेक बर्ष हुँदै आएको छ । यस क्षेत्रमा भगवती जात्राको रुपमा परिचित रथयात्रालाई बिजयको खुशीयालीको सम्झनामा निकालिने भएकोले अबिर जात्राको रुपमा चिनिन्छ । नेपालले अ्रग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा हरेक बर्ष कृष्णजन्माष्टमीको अर्को दिन धुमधामका साथ बिजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथजात्रा निकाल्ने प्रचलन रहँदै आएको छ ।

विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यबादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा २ सय २ वर्ष अघिदेखि बिजय उत्सब स्वरुप सो जात्रा निकालिदै आएको छ । तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्ब र जात्राको रुपमा परिचित भएको छ । कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथलाई नै आज सम्म बिजय जात्राको रुपमा संचालन गरिदै आइएको हो ।

अंग्रेज संगको युद्धमा जानु अघि तत्कालीन प्रशासक उजिर सिंह थापाले आफूले युद्धमा विजयी प्राप्त गरेमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाउने र प्रत्येक वर्ष बिजय जात्रा संचालन गरेर भगवतीको महिमा फैलाउने भाकल गरेको इतिहासमा उल्लेख छ राष्ट्रको जित भएको अबसरमा यस जात्रालाई राष्ट्रिय जात्राको रुपमा पनि लिइन्छ ।

लडाइ चलिरहेको समयमै अमर सिंह थापाको मृत्यु भएपछि गोर्खाली प्रशासकको रुपमा पाल्पामा उजिर सिंह थापा नियुक्त भएका थिए । थापाले अग्रेज संगको युद्धमा बुटवलको जितगढी लगायतको क्षेत्रमा बिजय हासिल गरेको स्वरुप पाल्पामा भगवती जात्रा मनाउन थालिएको किंम्वदन्तीमा उल्लेख छ । यो दिनलाई पाल्पाको एउटा महत्वपूर्ण पर्वको रुपमा समेत लिइन्छ । फाइल फोटो

Comments
Loading...