यस बर्ष लेकमा लालीगुँरास खासै फुलेन

0 215

एवत सारु । (रम्भा) पाल्पा
फोक्सिङ्गकोटका लेकहरु यसपटक लालीगुरासले ढाकेका छैनन । चैत बैशाखको महिनामा राताम्मे हुने लेकाली वन यसपटक नीरस जस्तै छन् । लालीगुरास फुलेर राताम्मे देखिने बेला आजभोली रिमीघा लेक र मुलाबारी लेकमा खासै लालीगुरास फुलेको छैन ।

मुलाबारी पिकनिक जानेहरुको संख्या बढेपनि लालीगुरास फुल संगै फोटोखिचेर रमाउनेहरु थोरै छन् । रम्भा गाउँपालिकाकै उच्च रिमीघा लेकमा गर्मी छल्न र वनभोज खान आउनेहरुको संख्या बढेपनि लालीगुरास फुलेको नपाउदा मन खुशी हनु नसकेको स्थानीय हेमबहादुर सारुले बताए ।

जलवायु परिवर्तन, वातावरण प्रदुषण, वन डढेलो, तापक्रममा बृद्धि जस्ता कारणले लालीगुुरास यसवर्ष खासै फुलेको देखिदैन । नेपालको राष्ट्रिय फुल लाली गुरास टिपेर घरमा सजाउने चलन फोक्सिङ्गकोट क्षेत्रमा छ । रम्भा गाउँपालिकाको रिमीघा लेक, मुलाबारी, रम्भा देवी मन्दिर क्षेत्र तथा हुमीनको अग्ला अग्ला डाँडामा लालीगुरास पाइन्छ ।

तस्बिरः अनलाइन

Comments
Loading...