युवाहरुले सोध्न थाले “तपाइको मास्क खोई ?”

0 435

पाल्पा । बगनासकाली गाउँपालिका पाल्पाका अध्यक्ष कृष्णप्रसाद बस्यालले युवाहरु सामाजिक रुपान्तरणका संबाहक भएकोले उनीहरुलाई थप क्रियाशिल बनाउँदै लैजान स्थानीय सरकारको तर्फबाट पुर्ण सहयोग रहने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा पाल्पा जिल्लामा गठित युवा समूह बगनासकाली युवा सुचना केन्द्र सितको सहकार्यमा बगनासकाली गाउँपालिका–८ बराङ्दी र वडा नं. ९ चापपानीमा संचालन गरेको तपाईको मास्क खोई अभियानको शुभारम्भ गर्दै अध्यक्ष बस्यालले यो युवा समूह मार्फत समुदाय स्तरमा भएका रचनात्मक कार्यक्रमहरुमा आफु पनि सहभागी हुँदै आएको र समुदाय स्तरबाट पनि राम्रो प्रतिक्रिया आएकोले अझ प्रभावकारीका साथ अगाडि बढ्न सुझाव दिए ।

कार्यक्रममा बगनासकाली वडा नं. ९ चापपानीका अध्यक्ष ठानेश्वर तिमिल्सिनाले युवाहरु मार्फत नै समुदाय रुपान्तरण सम्भव रहेको बताए ।
सो अवसरमा युवा समुहले अस्थायी प्रहरी चौकी भुसलडाँडासितको सहकार्यमा स्थानीय स्तरमा चल्ने सवारी साधनहरुमा सवार यात्रुहरुलाई मास्कको महत्व बुझाउँदै अनिवार्य रुपमा मास्क प्रयोग गर्न अनुरोध गरेको थियो । मास्क नलगाई हिडेका २ सय जना भन्दा बढी यात्रुहरुलाई निशुल्क मास्क समेत बितरण गरिएको थियो ।

स्तरमा कोरोना भाइरस रोकथामका लागि सचेतना फैलाउन ‘तपाईको मास्क खोई’ अभियान सुरू गरेको युवा समुहका अध्यक्ष बरुण बस्यालले बताए । अभियान अन्तरगत मुख्य चोकहरूमा ‘तपाईको मास्क खोई’ लेखिएको ब्यानर टासिएको र बाटोमा यात्रा गर्नेहरूले मास्कको प्रयोग नगरेको भए मास्कको महत्वबारे जानकारी गराउँदै मास्क समेत उपलब्ध गराउँदै आएको अध्यक्ष बस्यालले बताए ।

Comments
Loading...