रम्भाका सबै वडाका बिद्यालयमा अतिरिक्त क्रियाकलाप सम्पन्न

0 181

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिकाको विभिन्न वडामा शुक्रवारे कार्यक्रम अन्तर्गत सबै वडामा हाजिरी जवाफ तथा लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छन् ।

रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोटको भवानी प्राथमिक विद्यालयमा भएको प्रतियोगितामा हाजिरी जवाफ तर्फ भवानी प्राथमिक विद्यालयका मनोज पालको समूह प्रथम, सानाहुँगी माविका धनीसरा सोमैको समुह द्वितीय, महेन्द्र आधारभुत विद्यालयका रमीत सिंजालीको समूह तृतीय तथा शंकरनरेश प्राथमिक विद्यालयका प्रिङ्का रानाको समूह सान्तवना भएका छन् ।

यसै गरि लोक नृत्य प्रतियोगितामा मंगलादेवी प्राथमिक विद्यालयका आरती सिंजालीको समूह प्रथम, महेन्द्र आधारभूत विद्यालयका चाँदनी सिंजालीको समूह दोश्रो, चण्डेश्वरी प्राथमिक विद्यालयको नन्दिता सारु तेश्रो तथा सानाहुँगी माविका झरना पचभैयाको समूह सान्तवना भएका छन् । प्रतियोगितामा विजयी हुने विद्यार्थीहरुलाई भवानी प्राथमिक विद्यालयका प्रधानाध्यापक घनबहादुर सारुले नगद पुरस्कार प्रदान गरे ।
कार्यक्रममा शिक्षकहरु महेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद मश्राङ्गी तथा सानाहुँगी माविका शिक्षक शोभा सारुले सहजीकरण गरेका थिए । प्रतियोगिता भवानी प्राथमिक विद्यालयका प्रधानाध्यापक घनबहादुर सारुको अध्यक्षतामा चलेको थियो ।

Comments
Loading...