रम्भा गाउँपालिकाका किसानले पाए अनुदानमा आलुको बिउ

0 767

एवत कुमार सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिकाले कृषकहरुलाई अनुदानमा उन्नत जातको आलुको बिउ वितरण गरेको छ । रम्भा गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार चालु आर्थिक वर्षमा २९ हजार ५०० किलोग्राम आलुको बिउ वितरण गरेको हो ।

पालिकाले आलुमा आत्म निर्भर हुनको लागि यस वर्ष १८ लाख रुपिया भन्दा बढीको आलुको बिउ खरिद गरि कृषकलाई ५०% अनुदानमा वितरण गरेको हो । गाउँपालिकाले प्रति किलो ६१ रुपियामा खरिद गरि साढे तीस रुपियामा किसानलाई वितरण गरेको हो ।

गाउँपालिकाले गठन गरेको बिउ बिजन खरिद तथा वितरण समिति मार्फत पाँच वटै वडा कार्यालयबाट बिउ वितरण गरिएको समितिका सदस्य एवम रम्भा गाउँपालिका प्रशासन शाखा प्रमुख भक्तुजङ्ग रानाले बताए । यस वर्ष रम्भा गाउँपालिकाको वडा नं. १ हुँगीमा ११००० केजी, वडा नं. २ फोक्सिङ्गकोटमा ४५०० केजी तथा वडा नं. ३ पिपलडाँडामा ४५०० केजी आलुको बिउ किसानहरुलाई वितरण गरिएको छ । यसैगरि वडा नं. ४ हुमीनमा ४५०० केजी तथा वडा नं ५ ताहुँमा ५००० केजी आलुको बिउ वितरण गरिएको छ । गाउँपालिकाको हुँगी र पिपलडाँडा आलु खेतीको लागि उपयुक्त भए पनि अन्य वडाको खेतबारीमा समेत आलु खेती प्रशस्त उत्पादन हुने गर्दछ ।

Comments
Loading...