रम्भा गाउँपालिकाका बाल विकास केन्द्रलाई सिकाई सामाग्री वितरण

0 312

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिकाले बाल विकास केन्द्रलाई सिकाई सामग्री तथा खेलकुद सामग्री वितरण गरेको छ । गाउपालिकाले ५ वडाका ५ वटा नमूना बाल विकास केन्द्रलाई एक एक लाख रुपिया बराबरको सामग्री प्रदान गरेको हो ।

एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले विद्यालयका प्रधानाध्यापक तथा बाल विकास सहजकर्ताहरुलाई सामाग्री हस्तान्तरण गरे । सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि भण्डारीले बालबालिकामा सिकाई तथा विद्यालय प्रति सकारात्मक धारणाको विकास गर्न विभिन्न खेलकुदका सामाग्री, चुम्कीय खेलकुद सामग्री, टेलिभिजन, चार्ट लगायतका २४ थरीका सामाग्री वितरण गरिएको बताउ‘दै यस्ता शैक्षिक सामाग्रीले विद्यार्थीमा सिकाई अभिरुचि जगाउने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत गाउ‘पालिकाले रम्भा गाउ‘पालिकाका ५ वडाका ५ विद्यालयलाई नमूना बालविकास केन्द्रको रुपमा छनोट गरेको थियो । वडा नं. १ हु‘गीको जनकल्याण मावि, वडा नं. २ फोक्सिङ्गकोटको सानाहु‘गी मावि, वडा नं. ३ पिपलडॉडाको अमृतपब्लिक माविको बालविकास केन्द्रलाई नमूना बालविकास केन्द्रको रुपमा छनोट गरेको थियो ।

यसैगरि वडा नं. ४ हुमीनको शान्ति प्राथमिक विद्यालय तथा वडा नं. ५ ताहु‘को प्राकृतिक आधारभूत विद्यालयलाई नमूना केन्द्र छानिएको थियो । यसै वर्ष नयॉ स्थापना गरिएका रम्भा मावि ताहु‘, जनहित भगवती मावि हुमिन, अमर आधारभूत विद्यालय हुमिन, नवदुर्गा आधारभूत विद्यालय पिपलडाडा तथा कालिका प्राथमिक विद्यालयलाई समेत खेलकूद तथा सिकाई सामाग्री वितरण गरिएका् शिक्षा शाखा प्रमुख मिनादेवी आचार्यले बताइन् । कार्यक्रममा शिक्षक महासंघ रम्भाका अध्यक्ष धनबहादुर पौडेलले सिकाई सामाग्रीले विद्यार्थीमा सिकाई प्रति अभिरुचि जाग्नेभएकोले यसको उपादायता बढेको बताए । कार्यक्रममा प्राविधिक शिक्षा अन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई समेत छात्रवृत्ति प्रदान गरिएको थियो ।

Comments
Loading...