रम्भा गाउँपालिकाको नीति कार्यक्रम र बजेट पारित

0 393

एवत सारु । पाल्पा
रम्भा गाउपालिकाको वर्षे गाउँ अधिवेशन समुद्घाटन भएको छ । स्थानीय तहको दोश्रो निर्वाचन पछि गठन भएको गाउँकार्यपालिकाले संविधान अनुसार आज वर्षे गाउँ अधिवेशन सुरु गरेको हो ।

अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले देशलाई संघीय लोकतान्त्रिक अभ्यासमा लैजान स्थानीय तहको क्रियाशीलताले अत्यन्तै ठूलो भूमिका खेलेको बताउदै गाउँ तहबाट विकासको योजना निर्माण र कार्यान्वयन गर्न स्थानीय तह सफल भएको बताउनु भयो ।

कार्यक्रममा रम्भा गाउँपालिकाका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले आर्थिक वर्ष २०७९।८० को लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । नीति तथा कार्यक्रममा कृषि र पशुपालन, स्थास्थ्य, शिक्षा, खानेपानी र सरसफाई लगायतका शिर्षकमा गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । यसै गरि सिंचाई, विद्युत, भवन, सडक, सहकारी, पर्यटन, वन र वातावरण तथा घरेलु तथा साना उद्योग लगायतका विषयमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो ।

नीति तथा कार्यक्रममा रम्भा १ हँुगीका अमिलीटारमा औद्यौगिक ग्राम संचालन, प्रत्येक वडामा एक एक बाल उद्यान निर्माण, काली गण्डकी देखि रिमीघा लेक सम्म केवलकार संचालनको संभाव्यता अध्ययन, लिफ्टिङ्ग खानेपानीमा लाग्ने शुल्क गाउँपालिकाले बेहोर्ने, कालीगण्डकीबाट लिफ्टिङ्ग सिंचाईका लागि सम्भाव्यता अध्ययन, गाउँपालिका भरीका सबै नागरिकको निशुल्क दुर्घटना बीमा गर्ने लगायतका प्रमुख कार्यक्रमहरु समेटिएका छन् । एक शिक्षक एक ल्यापटप, रम्भा मावि ताहूमा ईन्जिनियरिङ्गको पढाई, अंगे्रजी माध्यमबाट पढाई संचालन भएका विद्यालयलाई प्रोत्साहन, कक्षा ९ सम्म दिवा खाजा, हुँगी स्वास्थ्य चौकी तथा ताहु प्राथमिक स्वास्थ्य केन्द्रमा डिजिटल तथा भिडियो एक्स रे को व्यवस्था गरिने लगायतका कार्यक्रम समेटिएका छन् । गत वर्षहरुमा संचालन भएका कृषक केन्द्रित कृषि कार्यक्रमलाई निरन्तरता दिईएको छ । गाउँपालिकालाई दुध, मासु र अण्डामा आत्म निर्भर बनाउन विभिन्न कार्यक्रम लागु गरिने भएको छ ।

अधिवेशन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनाल, उप प्रमुख काशिका गैरे, सदस्य भोवीसरा सारु, नेकपा एमाले रम्भाका अध्यक्ष योगेन्द्रकुमार गैरे, नेपाली काँगे्रसका सभापति ऋषिराम अर्याल, नेकपा माओवादीका अध्यक्ष हेमराज अर्याल, नेकपा एसका अध्यक्ष गुनबहादुर सिंजाली, मंगोल नेशनल अर्गनाईजेसनका ठाकुरसिं सारु, बाल संजालका अध्यक्ष पुष्पा सारु लगायतले अधिवेशनको सफलताको कामना गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम रम्भा गाउँपालिका प्रशासन शाखा प्रमुख भक्तुजङ्ग रानाको संचालन तथा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा चलेको थियो । बन्द अधिवेशनले ५० करोड २९ लाख ८३ हजार रुपिया बराबरको बजेट समेत पारित गरेको छ ।

वडा नं. २ फोक्सिङ्गकोटमा राष्ट्रिय मगर दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएको छ । ४० औं मगर एकता दिवसको अवसरमा वडा कार्यालय प्राङ्गणमा संचालन भएको कार्यक्रममा विभिन्न वक्ताहरुले मगरहरुले समय सापेक्ष विकास र उन्नति गर्न निक्कै परिश्रम गुर्नपर्ने बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि रम्भा गाउपालिका वडा नं. २ का वडा अध्यक्ष उमानसिं सारुले समयानुकुल परिवर्तन हुनको लागि हरेक मगर जागरण हुनुपर्ने बताउनु भयो ।

विशिष्ट अतिथि रम्भा गाउँकार्यपालिका सदस्य भोविसरा सारु, सरस्वती विक, वडा सदस्य चेतबहादुर सुनारी लगायतले स्थानीय सरकारले मगरहरुको बाहुल्यता रहेको रम्भा गाउँपालिकामा मगर लगायत अन्य आदिवासी जनजातिहरुको लागि बजेट विनियोजन गरेको बताउनु भयो । कार्यक्रममा सानाहुँगी माध्यमिक विद्यालयकाक अध्यक्ष भिमबहादुर सारु, महेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण मश्राङ्गी, दिलमाया पाडे जितबहादुर गाहा, सोमबहादुर नेपाली, टेकबहादुर राना लगायतले मगर हकहितको लागि सबै लाग्नुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा विभिन्न टोलबस्तीबाट झाम्रे नाच, मारुनी नाच, फागु नाच, पञ्चे बाजा लगायतका प्रस्तुती देखाईएको थियो । कार्र्यक्रम नपाल मगर संघ वडा समितिका अध्यक्ष शर्मीला सोमैको अध्यक्षता र उमिषा सुनारीको संचालनमा चलेको थियो ।

Comments
Loading...