रम्भा गाउँपालिकामा मतगणना सुरु

0 475

पाल्पा । रम्भा गाउँपालिकामा मतगणना सुरु भएको छ । वैशाख ३१ गते अपरान्हदेखि स्थगित भएको यहाँको मतगणना जेठ ६ गते शुक्रबार दिउँसोबाट पुनः मतगणना सुरु भएको हो ।

रम्भा ५ ताहुँको मतगणना गर्दा खसेको मत भन्दा ७४ मत बढी भेटिएपछि बिवाद बढेको थियो र मतगणना समेत स्थगित भएको थियो । शुक्रबार विवाद समाधान भएपछि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रुक्मागत अर्यालले बताउनुभयो । सर्वदलीय बैठक पछि मतपत्र, सिसिटिभि फुटेज, मतपत्रका अर्धकट्टी छानबिन गरी मतगणना प्रारम्भ गरिएको हो । ‘छानविनका क्रममा मतपत्र बढी नभेटिएको तर कर्मचारीले रेजा लगाउँदा गल्ति गरेको देखिएको उहाँले बताउनुभयो ।

मत गणनाका लागि तानसेनबाट १० जना कर्मचारी निर्वाचन कार्यालय र प्रशासनबाट खटाइएको छ । कडा सुरक्षाका बिच मतगणना भइरहेको बताइएको छ ।

Comments
Loading...