रम्भा गाउँपालिकाले किसानलाई निःशुल्क बाख्रा बॉड्यो

0 1,206

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिकाले किसानलाई उन्नत जातको बोयर बोका तथा माउ पाठी वितरण गरेको छ । गाउपालिकाको वडा नं. ३ कुवादीका १५ जना कृषकलाई प्रति कृषक ३।३ वटा का दरले ४५ वटा बाख्राको माउ तथा पाठी वितरण गरेको हो ।

मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत कुवादी गाउ‘का १५ जना किसानलाई शतप्रतिशत अनुदानमा बाख्रा वितरण गरेको हो । वितरण कार्यक्रममा प्रमुख अतिथि रम्भा गाउपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले रम्भा गाउपालिकाको पिपलडॉडा बाख्रा पालनको लागि अत्यन्तै उपयुक्त क्षेत्र भएकोले छोटो समयमा नै धेरै आम्दानी गर्न सकिने भएकोले व्यवसायिक बाख्रा पालन तर्फ जानुपर्ने बताए ।

उनले बाख्रा पालन गर्ने किसानलाई रम्भा गाउ‘पालिकाले उत्पादनका आधारमा समेत थप रकम दिने नीतिगत व्यवस्था गरेकोले किसानलाई बाख्रापालनमा लाग्न आग्रह गरे । वितरण कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले किसानको आर्थिक अवस्था उकास्न रम्भा गाउ‘पालिकाले नीतिगत रुपमै विभिन्न कार्यक्रम तयार गरि मौरी पालन, बाख्रा पालन, बंगुर पालन, कुखुरा पालनका साथै तरकारी खेती गर्न अनुकुल वातावरण सिर्जना गरेको बताए ।

प्रशासन शाखा प्रमुख भक्तुजङ्ग रानाले फरक फरक भू धरातलको अध्ययन गरि वातावरण सुहाउदो बोका तथा माउ बाख्राको व्यवस्था रम्भा गाउपालिकाले गरेकोले व्यवसायिक बाख्रा पालनमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा पशु प्राविधिक मिनबहादुर कार्कीले स्वागत गरेका थिए । कार्यक्रममा बाख्रा खोर सुधार गर्नको लागि प्रत्येक किसानलाई नगद ७ हजार रुपिया समेत प्रदान गरिएको थियो । कार्यक्रम रम्भा गाउ‘पालिका वडा नं. ३ पिपलडॉडाका वडा सदस्य सुरबहादुर सुनारीको अध्यक्षतामा चलेको थियो ।

Comments
Loading...