रम्भा गाउँपालिकाले शिक्षक तथा कर्मचारीको दुर्घटना बिमा गरिदियो

0 409

एवत सारु । पाल्पा
रम्भा गाउँपालिकाले शिक्षक तथा कर्मचारीको निशुल्क दुर्घट्ना बीमा गरेको छ । गाउँपालिकाले पालिकाभित्र सेवारत सामुदायिक विद्यालयका ४ सय ५० जना शिक्षक, कर्मचारी तथा करार कर्मचारीको दुर्घट्ना बीमा गरेको हो ।
सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्न, शिक्षकहरूको मनोबल वृद्धि गर्न, नीजी श्रोत शिक्षक तथा कर्मचारीमा सकारात्मक मनोवृत्ती विकास गर्न सामुदायिक विद्यालयमा सेवारत सबै शिक्षक तथा कर्मचारीको दुर्घटना बीमा गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बताउनु भयो ।

सगरमाथा इन्स्योरेन्स कम्पनी संग सम्झौता गरि रम्भा गाउँपालिका भित्रका ३७ वटा सामुदायिक विद्यालयका ४ सय ५० जना शिक्षक तथा कर्मचारीको निशुल्क बीमा गरिएको रम्भा गाउँपालिकाका शिक्षा अधिकृत मीनादेवी आचार्यले बताउनु भयो । एक वर्षको लागि गरिएको सम्झौता अनुसार बीमितको दुर्घटनामा परि घाइते भएमा सम्झैता अनुसार घण् हजार रुपिया सम्मको रकम दावी गर्न तथा मृत्यु भएमा मृतकका परिवारलाई ३ लाख रुपिया भुक्तानी हुनेछ ।

रम्भा गाउँपालिकाले विद्यार्थीसंग करेसाबारी, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई पनि दीवा खाजा, विद्यार्थी दुर्घटना बीमा, प्रत्येक वडामा नमूना विद्यालय छनोट, नमूना ईसिइडी सहजकर्ता छनोट, योग शिक्षक छनोट र तालिम, किशोरीको आत्मरक्षाको लागि सीप विकास लगायतका व्यवहारिक र सान्दर्भिक कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गरेको रम्भा गाउँपालिका शिक्षा शाखाका श्रोत व्यक्ति काशीराम बश्यालले बताउनु भयो ।

सामुदायिक र नीजी विद्यालयमा भेदभाव नगरी नतिजाका आधारमा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखिएको छ । गाउँपालिका भरीका सबै विद्यालयमा ईन्टरनेट को पहुँच बढाउने कार्य भै रहेको छ । यस वर्ष प्राथमिक विद्यालयमा ईन्टरनेट विस्तार गरिने योजना रहेको छ । रम्भा गाउँपालिकाले गत वर्ष कम्तीमा एक विद्यालय एक ल्यापटप योजना बनाई सबै विद्यालयमा कम्प्युटरको व्यवस्था गरेको थियो। हाल पालिका भित्रका सबै माध्यमिक विद्यालय र आधारभूत बिद्यालयमा ईन्टरनेटको सुबिधा पुर्याइएको छ ।

Comments
Loading...