राजनैतिक असंगति

0 165

जीवन बस्याल
के पि ओलीको सरकार ढालेर परमादेशका आधारमा वैकल्पिक सरकार निर्माण गर्न सफल वर्तमान पा“चदलीय सत्ता गठबन्धनले स्वाभाविक गति समेत लिन नसकेपछि गठबन्धन सत्ता स्वार्थ मात्र हो कि भन्ने आशंका बढ्न थालेको छ । नेकपा एमालेको ९ औं महाधिवेशनपछि निरन्तर केपि ओलीको खोइरो खन्न लागि परेका एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, एमालेसँग सत्ता साझेदारीका आधारमा एकता गरेको माओवादीलाई सत्ता साझेदारीमा ओलीले अल्मल्याउन लागेको अनुभूति भै यसको परिणाम स्वरुप नेकपाको विघटन हुनु र लामो समय सत्ताबाहिर रहेको नेपाली कांग्रेसलाई नेकपाको विवादबाट हुनसक्ने दूरगामी असरको फाइदा लिने भन्दा तत्काल सरकारमा जाने हतारोका कारण कतिपय राजनैतिक मूल्य मान्यताको उलंघन गर्न यी प्रमुख तिन दलको दखासिकीमा जसपा र जनमोर्चा समेत लागेपछि नेपालको राजनीति हिलाम्य र धुलाम्य बन्दै आएको छ ।

घर झगडाको छिमेकिले छेद पाएपछि बाह्य चलखेल थपिनु पनि नेपालको राजनीतिमा अस्वाभाविक होइन । नेपालको भू–राजनैतिक अवस्थाका कारण विदेशी चासो बढ्ने गरेकोमा पछिल्ला केहीवर्षमा राष्ट्रियताको नाममा भारतस“गको सम्बन्ध र धर्म निरपेक्षताको नाममा धार्मिक र सास्कृतिक द्वन्द्वका दुर्गन्ध समेत फैलन गएको सन्दर्भमा अपेक्षित स्वार्थका लागि पनि राजनैतिक नेतृत्वको व्यवहार निर्देशित भएकोले परिस्थितिझन जटील बनिरहेको छ । मुख्य मुख्य मुद्दामा राजनैतिक नेतृत्वको अल्पदृष्टिका कारण देशले ठोस गति लिन सकेको छैन ।

लामो समयसम्म मन्त्रीमण्डल विस्तार नहुनु र सत्तापक्षीय दलहरूमा आकर्षक मन्त्रालय विवाद र दलभित्रकै अति धेरै महत्वाकांक्षीको व्यवस्थापन समेत समस्याका रूपमा रहेको सार्वजनिक भैरहनुले पनि पा“चदलीय गठबन्धनलाई गिज्याइरहेको छ । विगतमा रहेको दलहरू भित्रको सत्तापक्ष र सत्ताबाहिर पक्षको विवाद, सरकारी वा राजनैतिक सुविधा पाउने र नपाउनेको विवाद, सत्ताका लागि सांसदको किनबेच र थुनछेक, र असहमत प्रति हदैसम्मको असहिष्णुता ठूला–साना सबै दलमा निरन्तर देखियो । दलका नेतृत्वमा शक्ति केन्द्रित भैरहेको सन्दर्भ दोहोरियो । जतिसुकै विधि विधान, नियमक निकाय रहे पनि नेतृत्वको मनमा पाक्ने खिचडी नै राजनीतिको चुरो बनिरह्यो । नेतृत्वले आफू सुरक्षित रहनाका लागि शक्तिशाली देखिने र अन्य सम कक्षी वा दोस्रो तेस्रो तहका नेताका गुनासाहरू पनि सत्ताको आडमा सम्बोध नहुने देखियो । यसप्रकारका खेलहरूले आगामी दिनमा समेत नेतृत्व अझ शक्तिशाली बन्न चाहने र त्यसका लागि समूह मजबूतीकरण जस्ता कार्य नेतृत्वको प्रमुख कार्य बन्नपुगेको छ । समूह व्यवस्थापनमा सफल हुने नेतृत्वले नै दलीय नेतृत्व र स्वाभाविक रूपमा सरकारको नेतृत्व गर्ने सुनिश्चितता बन्नुले राजनीति थप भद्रगोल हुने भएको छ । पछिल्ला केही महिनामा यसप्रकारका दृश्यहरू देखिएका छन् । नेकपा एमालेका सम्बन्धमा एमाले भन्दा केपि ओलीको बढी चर्चा गरियो । माओवादीमा प्रचण्ड प्रमुख खेलाडी देखिए भने नेपाली कांग्रेसमा शेरबहादुर देउवाको दाउ लागिरहेको देखिन्छ यद्यपिमहाधिवेशनका सन्दर्भमा उनका नजिकका नेताहरूले उनीस“ग प्रतिस्पर्धी वा फरक समूहको सूचीमा सूचिकृत गरिरहेका छन् ।

जब महाधिवेशन नजिकिंदै जान्छ वामुख्य समय आउँछ, नेपालका हरेक दलमा अप्रत्यासित परिवेश निर्माण हुने भएकोले वर्तमानमा सुनिएका वा देखिएका स्वघोषणा कति टिकाउ हुनसक्छन् ? यदि टिकाउ हुने हो भने नेपाली कांग्रेसको महाधिवेशनले पक्कै पनि मिश्रित नतिजा दिन सक्छ । त्यसो भयो भने नेपाली कांग्रेसले देशलाई नेतृत्व गर्ने कार्यमा झन जटीलता थपिनेछ । नेकपा एमालेमा केपि ओलीको उग्र अडान र केही समर्थकहरूको अनियमित कार्यका चर्चाहरू उनको समूहका नझिकिएका काँडाहरू बनेर दुखाइरहेका छन् भने केपि ओलीको सरकार ढलाउनका लागि महत्वपूर्ण भूमिका खेलेका तर अचेल मध्यममार्गी भनिने गरिएका युवा नेताहरू नया“ दल बनाउने सन्दर्भमा एमालेबाट छुट्टिन नसकेका मात्र हुन् यद्यपि केही महिनाको कसरतबाट लेखिएको दशबु“दाहरूको आधारमा पुराना घाउ“ कोट्याउन छाडेर नया“ नया“ गफ गर्दै जालान् भन्नेमा आशंका छ ।

यो मध्यमार्गी जत्थाको सामिप्यता एमाले वा नया“ दलका नेतृत्व र कार्यकर्ताहरूको व्यवहार र टिप्पणीबाट निर्धारण गर्दछ । दुवैतर्फका अतिवादीको बहकाउमा नलागी स्वतन्त्र निष्कर्षका आधारमा नेकपा एमालेको सशक्तिकरणमा लाग्ने हो भने यो धारको भविष्य हुन सक्छ । नेकपा एमाले र नेपाली कांग्रेसका युवा नेताहरूले आसन्न महाधिवेशनका लागि केन्द्रित हुने र नतिजालाई स्वीकारेर जिम्मेवारी सम्हाल्नु श्रेयस्कर हुन्छ । महाधिवेशनलाई समेत लत्याउ“दै फरक दलवा समूहमा टा“सिएर नेतृत्वलाई खुइल्याउन लाग्ने हो भने नेता स्वयम् र दललाई पनि समस्या हुन्छ ।

दलीय अनुशासन ठूला–साना सबै दलमा समस्या बनेको छ । नेतृत्व सगको असहमतिको व्यवस्थापनमा नेतृत्व र नेता असफल बनेका छन् । नेकपामा ओवादीका प्रभावशाली नेताहरू जसले जनयुद्धका बेला समेत उच्चस्तरको नेतृत्व गरेका थिए उनीहरूले दल त्यागे र नेकपा एमालेमा प्रवेश गरे । उनीहरूको सांसद पद गयो तर माओवादीमा फर्किएनन् ।
कर्णालीका एमालेका सांसदहरू पद गयो तर एमालेमा फर्किएनन् । जसपाका सांसद समेतको पद गयो तर जसपामा फर्किएनन् । जनमोर्चाका सांसद समेत पद गयो तर फर्किएनन् । यो एक प्रकारको त्याग पनि हो यद्यपि जुन दलबाट अलग्गिएका छन् ती दलका लागि अनुशासन हीन बने । छोडेका दलले गद्दार देख्ने र समावेश भएका दलले क्रान्तिकारी देख्ने बानी परेको छ । माधवकुमार नेपाल पनि नेकपा एमालेका लागि लाल गद्दार भएका छन् भने नेकपा एस र सत्ता गठबन्धनमा भएका दलहरूका लागि क्रान्तिकारी भएका छन् । दलका लागि यसको असर हेर्न बाँकी छ तर मतदानको अपमान भएको छ, मतदाताप्रति गद्दारी भएको छ । दुईतिहाइको सरकार ढलाइएको मात्र होइन स्थिर सरकारको आशामा तुषारापात भएको छ । कम्युनिष्टहरूले उत्साहित भएरै दुई तिहाइ मतदान गरेका हुन् । त्यो उत्साहमा तुषारापात भएको छ । मानौं खड्ग प्रसाद ओलीको राजनीति सिध्याउनै पर्छ । तर, नेकपाको विभाजन यसको विधि होइन । नेकपा एमालेको विभाजन यसको विधि होइन । संसदीय व्यवस्था चलिरहेको छ । केपि ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्ड वा नेपाल नै नेकपाको संसदीयदलको नेता बनेको भए हुन्थ्यो । यसका लागि सांसदहरू तयार हुनुपथ्र्यो । त्यसो गर्न उनीहरूलाई मनाउन सक्नुपथ्र्यो वा आफूले मान्नुपथ्र्यो । नेकपा नाम सम्बन्धि अदालतको फैसलाले फुटेको होइन । सरकारका दोस्रो र तेस्रो वर्षहरू विवाद र बैठकमै सकिएका हुन् । एउटै घटनाबाट नेकपा विघटन भएको होइन । यसैगरी नेकपा एमाले विभाजनका लागि जब मध्यधार तयार भएन अध्यादेश ल्याएर विभाजन गराइयो । यो संसदीय परम्परा र मर्यादा विपरित भएको छ र नेपाली कांग्रेसले एउटा कालो टीका थपेको छ यद्यपि तत्कालका लागि एमाले विभाजनबाट फाइदा पुगेको छ । माधव नेपाललाई महाधिवेशन प्रति विश्वास भएन । जसरी पनि अध्यक्ष हुनुपर्ने तर महाधिवेशनमा फेरि पनि अध्यक्ष बनिने सम्भावना नदेखेपछि गठबन्धनका मतियार बन्न पुगेको हो । तथापि धर्म, समूह व्यवस्थापन जस्ता पक्ष पनि एमालेबाट अलग्गिनुमा कारक बनेका होलान् ।

वर्तमान सत्ता गठबन्धनको कुनै तार्किक आधार देखिदैन । सँधै प्रजातन्त्रको राग अलापिरहने नेपाली कांग्रेसले दल विभाजन सम्बन्धी विधेयक ल्याएर आफ्नै आदर्श मूल्यमान्यतालाई लत्याएको छ । एमसिसि संसदबाट अनुमोदन गर्ने सम्बन्धमा सत्ता गठबन्धनको साझा धारणा छैन । एमसिसिबाट राष्ट्रको अस्मिता माथि खतरा देख्नेहरूले एमसिसिको वकालत गर्दै हिड्ने शेरबहादुर देउवालाई का“धमा बोकेर हिडिरहनु राजनैतिक असंगति भएन ? एमसिसि फिर्ता गर नत्र हाम्रो समर्थन फिर्ता गर्छौं भन्न किन नसकेको हो ? माओवादी, समाजवादी, जनमोर्चाहरू जसले केपि ओलीलाई प्रतिक्रियावादी र शेबहादुरलाई क्रान्तिकारी देखेका छन् उनीहरू सरकारमा नगएर बाहिरबाटै समर्थन गरेर बस्न किन नसकेको ? नेपाली कांग्रेससँग पिछलग्गु हुनुपर्ने ? मलाई त लागेको थियो केपि ओलीको विकल्प नेकपाबाट खोजिने छ तर नेपाली कांग्रेसलाई चापि बुझाएर कुन बहादुरी भयो ?

माधव नेपालको दलको नाममै समस्या छ । कम्युनिष्ट र समाजवादी दुवै छ । गन्तव्य के हो ? साम्यवादकि समाजवाद ?तसर्थ यसप्रकारका राजनैतिक असंगतिलाई छाडेर नेपाली काँग्रेस बढी प्रजातान्त्रिक र कम्युनिष्टहरू बढी जनतान्त्रिक हुन सके र समूह व्यवस्थापन गर्न सके भने मात्र मुलुकले स्थिरता पाउला ।

Comments
Loading...