रामपुरका खग बहादुर कुमाल मृत फेला

0 251

पाल्पा । पाल्पामा एक पुरुष मृत फेला परेका छन् । रामपुर नगरपालिका–६ तिलकपुरका ४५ वर्षीय खगबहादुर कुमाल मृत फेला परेको प्रहरीले जनाएको छ ।

रामपुर चिप्लेढुंगास्थित आफ्नै खेतमा पानी लगाउने कुलोको बाँधमा शुक्रबार बिहान ६ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले बताउनुभयो । खगबहादुरका छोरा १७ वर्षीय सुजन बिहान ५ बजे खेतमा पानी लगाउन जाने क्रममा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...