रामपुरले वडा तथा अस्प्तालमा २५ शैयाको आइसोलेसन निर्माण गर्ने

0 206

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले विभिन्न वडामा १५ तथा रामपुर अस्पतालमा १० गरि २५ शैयाको आइसोलेसन कक्ष निर्माण गर्ने भएको छ । रामपुर नगरपालिकाले कोभिड–१९ संक्रमण भएका नागरिकलाई अस्पतालसम्म पुर्याउन निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।
कोभिड –१९ को संक्रमण तिव्र रुपमा फैलिएको परिवेशलाई मध्यनगर गर्दै नगरपालिकाको आर्थिक सहयोग र रामपुर अस्पतालको समन्वयमा अक्सिजन सहितको १० शैंयाको आइसोलेसन कक्ष निर्माण गर्ने ,नगर स्तरिय क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापन तथा संचालनका निम्ति वडानम्बर ५ का वडाअध्यक्ष हिमाल मल्ल संयोजक रहेको सात सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा हुमनाथ न्यौपाने, एकबहादुर नेपाली, दिनेशकुमार खनाल, कमलराज भट्टराई, कपिलबहादुर खाँड र अमृत राना रहेका छन् ।

कोभिडको संक्रमणबाट जोगिन आवस्यक काम बाहेक घरबाहिर ननिस्कन र स्वाश्थ्य मापदण्ड अनिवार्य पालना गर्न नगरप्रमुख रमणबहादुर थापाको सवैमा अनुरोध छ । उनले विपतको समयमा हुने कालोबजारी नियन्त्रणका लागि अनुगमन गरेर स्वाश्थ्य सामाग्री, औषधी, खाद्यसामाग्री तथा दैनिक उपभोग्य सामाग्रीमा कालोबजारी गरेको पाइएमा कडा कारबाही गरिने बताए । जोखिमको समयमा सवै संघसंस्थाका समन्वयमा काम गरिने नगरप्रमुख थापाको भनाइ छ ।

पालिकाको वडानम्बर १ , ९ र १० नम्बरमा यहि बैशाख २६ गतेदेखि सेवा प्रदान गर्ने गरि अक्सिजन सहितको ५÷५ शैंयाको आइसोलेसन निर्माण गरिने , प्रत्येक हप्ताको बुधवार र शनिवार नगरपालिकाले कार्यालय परिषरमा निशुल्क एन्टीजेन तथा पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिने, रामपुर अस्पतालको निर्देशनमा कोभिड अस्पतालसम्म बिरामीलाई पुर्याउने व्यवस्थापनका लागि नगरपालिकाले निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने , जोखिमको समयमा अग्रभागमा काम गर्ने स्वाश्थ्यकर्मीलाई नेपाल सरकारले तोकबमोजिमको भत्ता उपलब्त्र गराउने , अग्रपंक्तिमा रहेर काम गर्ने संचारकर्मी पत्रकार, स्वाश्थ्यकर्मि, सुरक्षाकर्मीलाई अक्सिजन सहितको निशुल्क आइसोलेसन कक्ष निर्माण गरिदिने निर्णय भएको रामपुर नगरपालिकाका नगरप्रवक्ता हुमनाथ न्यौपानेले जानकारी गराए । प्रवक्ता न्यौपानेका अनुसार नगरपालिकामा २० अक्सिजन सिलिण्डर आइसकेको छ । ३ वटा वडागत १५ तथा रामपुर अस्पतालमा १० गरि अहिलेलाई २५ शैंयाको अक्सिजन सहितको आइसोलेसन तयार भएपनि आवस्यकता अनुसार थप गर्ने नगरपालिकाको योजना छ ।

नगरपालिकाले कोभिडको कारण ज्यान गुमाउनेको परिवारलाई ३० हजार रुपैंया दिने भएको छ । पालिकाले कोभिड–१९ कारण ज्यान गुमाएका नगरबासीका घरपरिवारलाई दाहसंस्कार एवम् काजक्रिया खर्च बापत प्रतिपरिवार तीस हजार उपलब्ध गराउने निर्णय गरेको छ ।
कोभिड –१९ को दोस्रो भेरियन्ट फैलिएको जोखिमलाई मध्यनगर गर्दै नगरपालिकाले जोखिम न्युनिकरणका लागि थालेको पहलबारे नगरप्रवक्ता न्यौपानेले पत्रकार भेटघाटका क्रममा जानकारी गराए ।

Comments
Loading...