रामपुर नगरपालिकाले भन्यो अर्को सूचना नआउञ्जेल बिद्यार्थी भेला नगराउनु

0 263

पाल्पा । जिल्लाका बिभिन्न स्थानीय तहहरुबीच बिद्यालय खोल्ने नखोल्ने बिषयमा फरक बिचार आएका छन् । कतिपय स्थानीय तहहरुले साउन १५ गतेबाट सबै शिक्षकलाई बिद्यालयमा उपस्थित हुन र पठन पाठनको ब्यवस्था मिलाउनु भनेका छन् ।

जिल्ला स्तरमा समुदाय स्तरमा कोरोना फैलिएको हुन सक्ने आंशकामा त्यसको सेम्पल परीक्षण भएपनि उक्त परीक्षणको नतिजा नआउँदै स्थानीय तहहरुले कोरोनाको अवस्था मुल्यांकन नगरि बिद्यालय खोल्न दबाव दिएको पाइएको छ । अहिले पनि धेरै जसो बिद्यालयका शिक्षकहरुले समुदाय स्तरमा स्वास्थ्य सुरक्षा सामाग्री बिना नै समूह बनाएर पढाउँदै आएका छन् ।

उता रामपुर नगरपालिकाले भने अहिले पनि कोरोनाको त्रास कायमै रहेकोले अहिले तत्कालका लागि बिद्यालय नखोल्न सबै बिद्यालयहरुलाई अनुरोध गरेको छ । कतिपय बिद्यालयले आलो पालो गरि पठाएको समेत पाइएकोले उक्त कार्य तत्काल रोक्न र सरकारको अर्को सूचना नआउञ्जेल बिद्यालयमा बिद्यार्थी भेला गरि पठनपाठन गराउने कार्य नगर्न नगराउन अनुरोध गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले बताए ।

Comments
Loading...