रिडी बजारमा म्याद गुज्रेका सामान बरामद् गरि नष्ट गरियो

0 378

चुरामणी तिमिल्सिना । (रिडी)

रुरु छेत्र गाउँपालिका  वडा नं. १ रिडी  गुल्मीले स्थानीय बजारको अनुगमन गर्ने क्रममा बरामद् गरिएका म्याद गुज्रिएका अखाद्य बस्तुहरुको नष्ट गरिएको छ ।

बजार अनुगमनका क्रममा म्याद गुज्रेका लगायतका गरि ३० हजार बराबरको सामाग्री बरामद् गरिएको र ती सामाग्रीहरु नष्ट गरिएको वडाध्यक्ष रामलाल बिकले बताए । आटा  मसला  जुस पेपदार्थ  तेल  चाउमिन  चाउचाउ  औषधी  लगायतका सामाग्री म्याद गुज्रिएर पनि बिक्रीका लागि राखिएको पाइएकोले बरामद् गरि नष्ट गरिएको उनले बताए ।

वडा अध्यक्ष  रामलल बिक ,वडा सचिब गोबिन्द  प्रसाद पौडेल, उद्योग बाणिज्य  संघ  रिडिका अध्यक्ष  तथा नेकपा पार्टी प्रतिनिधि  सुबर्ण  लाल कक्षपती, नेपाली कांग्रेसका प्रतिनिधि  रामचन्द्र  भट्टराई, प्रहरी सहायक निरीक्षक बिष्णु प्रसाद खनाल, व्यापारीका प्रतिनिधि जीवन कुमार कसजु तथा पत्रकारको सहभागितामा उक्त सामाग्री नष्ट गरिएको थियो ।

सो अवसरमा अध्यक्ष बिकले बजारमा म्याद नाघेका सामाग्रीहरु बिक्री भएको गुनासो आएपछि पालिकासितको समन्वयमा अनुगमन गरिएको बताए । आगामी दिनमा पनि यसप्रकारको अनुगमन हुने उनले बताए ।

उधोग बाणिज्य संघका अध्यक्ष   कक्षपतिले आफुहरुले पनि सबै  पसलहरुलाइ  बेला बखतमा आफ्ना पसलका  सामाग्री  आफैले चेक जाँच गर्न   अनुरोध गरिरहेको बताए । प्रक्रिया नपुगी सञ्चालन भएका पसललाई यथासिघ्र दर्ता नविकरणका लागि अनुरोध गरिएको वडा सचिव पौडेलले बताए ।

Comments
Loading...