रिडी बजार र अर्गलीका बिभिन्न क्षेत्र एक हप्ताको लागि शिल

0 525

चुरामणी तिमिल्सिना । (रुरु) गुल्मी
गुल्मीको रुरु गाउँपालिका वडा नं. १ मा रहेको रिडी बजार एक हप्ताको लागि शिल गरिएको छ । कोरोना संक्रमण समुदाय स्तरमा फैलिने जोखिम बढ्दै गएकोले गाउँपालिकाको रिडि क्षेत्र शिल गर्ने निर्णय भएको रुरु गाउँ पालिका वडा नं १ का अध्यक्ष रामलाल बिकले बताए ।

रुरु गाउँपालिका वडा नं. १ रिडि बजारमा बसोबास गर्दै आएका ७५ बर्षका जेष्ठ नागरिकमा कोरोना संक्रमणको पुष्टि भएपछि कोरोना समुदायमा थप फैलिन नपाओस् भन्ने उद्देश्यले शिल गर्ने निर्णय गरिएको उनले बताए ।

यस्तै गरि पाल्पा कुसेनीका एक जना महिलाको कोरोना संक्रमण बाट केहही दिन अगाडी मृत्यु भएको थियो । यस बाट कोरोना संक्रमण समुदाय स्तरमा फैलिन सक्ने जोखिम बढेको छ । संक्रमणको जोखिमको न्यूनीकरणको लागि रिडि बजार आसपासका क्षेत्रलाइ शिल गरिएको छ । शिल अवधि भर अत्यावश्यक सेवाका पसलहरु बाहेक अन्य पसलहरु, बित्तीय संस्था , बिद्यालय , सहकारी , निजि तथा सरकारी कार्यलय पूर्णरूपमा बन्द रहेने आज बसेको बैठक पछि जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

शिल अवधि भर निषेधित कार्य गरिए कडा कारबाही हुने सूचनामा उल्लेख छ । यस्तै गरि तानसेन नगरपालिका वडा नं. १४ अन्र्तगत साविकको वडा नं. ४ कुसेनी र वडा नं. ९ का रिषिकेष टोल समेत एक हप्ताको लागि शिल गरिएको छ । कोरोना संक्रमण समुदाय स्तरमा थप फैलिन नदिन शिल गर्नु परेको जानकारी तानसेन नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष कमल रानाले बताए ।

Comments
Loading...