रिब्दीकोटमा अपराध न्यूनीकरणमा अभिभावकको भुमिका सम्बन्धि अभिमुखीकरण सम्पन्न

0 127

सन्तोष गहतराज

पाल्पा-जिल्लाकाे रिब्दीकाेट गाउँपालिकामा एक दिने “अपराध न्युनिकरणमा अभिभावककाे भुमिका “सम्बन्धि अभिममुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा आत्महत्या, लागूऔषध, बाल विवाह, साईवर अपराध, जबरजस्ती करणी जस्ता अपराध न्यूनीकरण लगायतका बिषयमा जनचेतनामुलक भिडियो सहित प्रशिक्षण प्रदान गरिएकाे हाे ।

कार्यक्रम रिब्दीकोट गा.पा.को सभाहलमा सम्पन्न भएको हाे । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि.सीले सचेतना मुलक कार्यक्रमले समुदायका नागरिकहरूलाई थप सचेत हुन सहयोग पुग्ने बताउनुभयो । बाल बिवाह,लागुअाैषध,साईवर अपराध तथा जवरजस्ती करणीका घटनाहरू पछिल्लो समयमा बढिरहेको सन्दर्भमा प्रहरीले सचेतना प्रदान गरेकोमा समुदायलाई थप सुशिक्षित हुने अवसर प्राप्त भएको बताउनुभयो ।  तालिममा सहभागीहरूले अाफ्ना बालबालिका एवम अन्य समुदायका नागरिकहरूलाई सचेतना प्रदान गरि अपराध न्युनिकरणमा लाग्न अार्गह गर्नुभयाे ।

कार्यक्रममा उपाध्यक्ष ‍लक्ष्मी खनालले अपराध न्युनिकरणमा अभिभावककाे महाेत्वपुर्ण भुमिका रहने बताउनुभयो । बालबालिकाकाे पहिलो पाठशाला घर भएकोले अभिभावकहरूले जस्तो सिकाए उस्तै शिक्षा बालबालिकाले अार्जन गर्ने भएकोले अपराध न्युनिकरणमा सिकेका कुराहरूलाई अाफ्नाे बालबालिकाहरूलाई शिक्षा दिई सचेत बनाउन अार्गह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रेम चन्द्र अर्यालले प्रहरीले रिब्दीकाेट गाउँपालिकामा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिदै पछिल्लो समयमा अपराधका घटना बढिरहेको सन्दर्भमा अभिभावकहरूलाई जनचेतनामुलक कार्यक्रम  प्रदानले अपराध नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो ।  प्रशिक्षण कार्यक्रममा६० जना अभिभावकहरुको उपस्थिती रहेको थियाे ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्र.ना.उ. रामेश्वर त्वातीद्वारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “अपराध न्यूनीकरणमा अभिभावकको भुमिका” जनचेतनामुलक प्रशिक्षण प्रदान गर्नु भएको थियाे । भैरव खबरबाट साभार गरिएको

Comments
Loading...