रिब्दीकोटमा पालिकाले एमाले सम्बद्धलाई हटायो, वडामा गठबन्धन निकटले हाजिर गर्न पाएनन्

0 1,200

पाल्पा । गाउँपालिकाले एमालेमा आस्था राखेको भन्दै केही करार कर्मचारीहरुको नविकरण नगरेपछि एमाले सम्बद्ध वडाअध्यक्षले भने गठबन्धनमा आस्था राख्ने कर्मचारीहरुलाई वडामा हाजिर हुन दिएका छैनन् । रिब्दीकोट गाउँपालिकाका गठबन्धनका उम्मेदवार बिजयी भएका छन् ।

रिब्दीकोट गाउँपालिका वडा न १ ख्याहाका वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले वडाका अस्थायी कर्मचारीहरूलाई वडामा हाजिर गर्न नदिएको कर्मचारीहरुले जनाएका छन् । ख्याहाका वडाध्यक्ष पोखरेल स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार भई बिजयी भएका थिए ।
गाउँपालिकाले यसअघिको कार्यपालिका बैठकबाट १० जना करारका कर्मचारीलाई हटाउने निर्णय गरी पद मुक्त गराए सँगै उक्त विषयलाई लिएर वडा अध्यक्ष पोखरेलले कर्मचारीहरूलाई हाजिर गर्न नदिएको बताइएको छ । वडा अध्यक्ष पोखरेले वडाका कृषि प्राविधिक, कार्यालय सहायक सहित ३ जना अस्थायी कर्मचारीहरूलाई हाजिरी हुन नदिएको बताइएको छ ।

पाल्पा समाचारपत्रसँगको कुराकानीमा वडा अध्यक्ष पोखरेलसँग गाउँपालिकाले अन्यायपुर्ण रुपमा लामो समय काम गरेका कर्मचारीहरुलाई पनि पुर्वाग्रही तरिकाबाट हटाउने निर्णय गरेको , त्यसमा आफुहरुको नोट अफ डिसेन्ट रहेको र पालिकाले आस्थाकै आधारमा छानी छानी कर्मचारी हटाएकोले आफुले यसो गरेको बताउनुभयो । पालिकाले हटाएका कर्मचारीहरुलाई पुर्नबहाली गरे यो समस्या समाधान हुने उहाँले बताउनुभयो ।

Comments
Loading...