रुप्सेमा कम्प्युटर र होजियारी तालिम सुभारम्भ

0 152

पाल्पा । माथागढी गाउँपालिकाको आयोजना तथा मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सहयोगमा विपन्न तथा कुमाल समूदायका लागि कम्प्युटर तालिम र होजियारी तालिम सञ्चालनको उदघाटन कार्यक्रम माथागढी २ रुप्सेमा सम्पन्न भएको छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले सबै सहभागीलाई शुभकामना दिदै सबैले राम्रोसँग सिक्न तथा सिकेका विषयलाई आफ्नो व्यवहारमा प्रयोग गरि आत्मनिर्भर बन्न समेत प्रेरणा दिए ।

गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले कार्यक्रममा बोल्दै तालिम सञ्चालन गर्न सहयोग गर्ने मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम कार्यालय बुटवललाई विशेष धन्यवाद दिदै सबै तालिममा सहभागीले उपलब्धि मूलक सीप विकास गर्ने गरि तथा दक्ष जनशक्ति उत्पादन हुने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हुनाले सबैले समयको महत्त्व बुझि तालिमलाई सफल पार्न र सीप विकास गर्न आग्रह समेत गरे ।

कार्यक्रमका अतिथि गाँउपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले तालिम धेरै हुने गरेको तर तालिम सिकेर घरमा बस्ने तथा तालिममा सिकेका कुराहरु रोजगारीमा उपयोग नगर्दा सबै व्यरोजगार हुने गरेको हुदा तालिममा सिकेका कुरालाई आयआर्जनमा लगाउन उत्प्रेरित गरिन् ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले तालिममा सबैले उपलब्धि मूलक सिकाई सिकी दक्ष रुपमा अगाडि बढ्नु पर्ने साथै सबै आत्मनिर्भर बन्नु पर्ने कुरामा जोड दिए ।

तालिम विपन्न तथा कुमाल समुदाय लक्षित गरेर वडा नम्बर २ र ३ का २५ जना कम्प्युटर तालिममा सहभागी हुनेछन् उक्त तालिम ९० दिन चल्ने तथा होजियारी तालिममा वडा नम्बर १,२ र ३ का कुमाल तथा विपन्न समुदायका १२ जना सहभागी हुने गरि ४५ दिन चल्ने जानकारी समेत गराए ।

साथै कम्प्युटर तालिम सराई कम्प्युटर र होजियारी तालिम उद्यमशिल सीप विकास केन्द्र सराइमा सञ्चालन हुने छ।कार्यक्रममा वडा नम्बर २ वडा अध्यक्ष जनक रिजाल , कार्यपालिका सदस्य तारा रसाइली , मनुमाया कुमाल तथा तेज घर्ती मगरले सहभागीलाई शुभकामना दिएका थिए कार्यक्रम सहजकर्ता नारायण बहादुर कुमालको र कार्यक्रम सम्पर्क व्यक्ति तथा अधिकृत छैटौं नारायण प्रसाद न्यौपानेले सहजीकरणमा चलेको थियो । सुमन गाहाबाट

Comments
Loading...